राजापुर प्रिमियर लिग सुरु

राजापुर प्रिमियर लिग सुरु
आईतबार भएको पहिलो खेलामा ग्यालेक्सी स्टारका रमेश ढुंगाना भए म्यान अफ द म्याच
Min Adhikari को फोटो।
राजापुर / राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत श्री बागेश्वरी ग्यालेक्सी स्टार र राजापुर राइनोज बिच आइतवार भएको पहिलो खेलमा श्री बागेश्वरी ग्यालेक्सी स्टार विजयी भएको छ ।टस जितेर ब्याटिङग को निम्तो दिएको श्री बागेश्वरी ग्यालेक्सी स्टारले राजापुर राइनोजलाई २० ओभरको खेलमा ९ विकेट लिदैँ ९४ रनमै समेटेको थियो ।राजापुर राइनोजका तर्फ बाट धिरेन्द्र बर्माले ३६ र सागर घिमिरे ले १५ रनको योगदान दिएका थिए भने श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश सिंह ठकुरिले २ विकेट र सैगात खत्री र सागर सेनले समान १ विकेट लिएका थिए ।९५ रनको झिनो लक्ष्य पाएको श्री बागेश्वरी ग्यालेक्सी स्टारले १७.४ ओभरमा ४ विकेट गुमाई जित हासिल गरेको थियो श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश ढुङ्गाना ले ४१ रन नटआउट रमेश सिंह ठकुरी ले २२ रन र गणेश पुनले १२ रन नटआउट बनाएका थिए त्यस्तै राजापुर राइनोजका धिरेन्द्र बर्मा र रेगन रेग्मी ले समान २/२ विकेट लिन सफल भएका छन ।प्रतियोगितामा सर्वाधिक ४१ रन बनाउने श्री बागेश्वरी ग्यालेक्सी स्टारका रमेश ढुंगाना म्यान अफ द म्याच घोषित भएका छन ।
भोलि हुने खेल लक्ष्मी वारियर्स र श्री बागेश्वरी ग्यालेक्सी स्टार बिच बिहान १० बजे शुरु हुने राजापुर स्पोर्टस क्लबका सचिब श्री सुभाष तिमिल्सेनाले जानकारी दिए ।प्रतियोगिता अमर सहिद दशरथ चन्द माध्यमिक विद्यालयको खेल मैदानमा भईरहेको छ ।लिग प्रतियोगितामा वागेश्वरी ग्यालेक्सि स्टार, राजापुर राईनोज र लक्ष्मी वारियर्स गरी तिन टिम सहभागी छन ।
राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि सहभागि टिमले पहिलो पटक स्थानिय खेलाडीहरू अक्सनबाट छिनोफानो गरेका छन भने जिल्ला बाहिरका खेलाडीको हकमा सम्बन्धित टिमले नै अनुबन्ध गरेका छन् । यस प्रतियोगितामा टिमहरूले १ जना जिल्ला बाहिरका खेलाडी अनुबन्ध गरेका छन ।प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार रुपैँया राखिएको छ । त्यस्तै म्यान अफ द सिरिजका लागी रु ७ हजार ५ सय, वेष्ट ब्याट्सम्यानका लागी रु ५ हजार ५ सय, वेष्ट वलरका लागी रु ५ हजार ५ सय र म्यान अफ द म्याचका लागी रु १ हजार सहित ट्रफि र प्रमाणपत्र समेत राखिएको छ । नगद पुरस्कारमा खेलाडीलाई कर कट्टी गरेर प्रदान गरीने आयोजकले जनाएकोछ ।राजापुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको आयोजक राजापुर स्पोर्टस् क्लव रहेको छ ।प्रतियोगिता चैत्र ८ गतेसम्म चल्ने छ ।

Comments