Posts

Showing posts from April, 2020

राजापुरका पत्रकारलाई टेलिफोन खर्च वितरण

Image
राजापुर बर्दियाको राजापुर स्थित रहेको रिनेसाँ बोर्डिङ्ग स्कुलका प्राधानाध्यापक विष्णुमणि उपाध्यायले राजापुर क्षेत्रका सञ्चारकर्मिहरुलाई १२ हजार नगद आर्थिक सहयोग गरेका छन् । कोरोना संक्रमणका बेला सरकारले जारी गरेको लकडाउनको विपत समयमा पनि समाचार संकलनका लागि फिल्डमा खटिई कार्य गरिरहेका ८ जना पत्रकारलाई उपाध्यायले टेलिफोन खर्च स्वरुप यो सहयोग गरेका हुन् । उपाध्यायले राजापुर क्षेत्र र अन्यत्र कार्यरत सञ्चारकर्मिहरुका लागि राजापुर स्थित रहेको रेडियो साथी एफएमको कार्यालयमा पुगी सो रकम हस्तान्तरण गरेका हुन् ।

बदालपुरमा अन्यत्रबाट आएकाहरुको व्यवस्थापनका लागि विशेष कदम चालिदैं

Image
राजापुर / बर्दियाको राजापुर नगरपालिका ५ नं. वडाले अन्यत्रबाट आएका वडावासीहरुलाई व्यवस्थापनमा विशेष कदम चालेको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भएको छ । कामको शिलशिलामा यस क्षेत्रबाट काठमाडौं,बुटवल,सुर्खेत,पाल्पा ,स्याङ्गजा लगायतका विभिन्न स्थानहरुमा गएकाहरु कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण फर्कने क्रम बढ्दै गएपछि वडाले उनिहरुको व्यवस्थापनमा विशेष कदम चालेको वडाअध्यक्ष चौधरीले बताउनु भयो ।

नेपालमा संक्रमितको संख्या ४० पुग्यो

Image
उदयपुरमा स्वाब परीक्षणबाट कोरोना भाइरसको संक्रमण आशंका गरिएका थप ८ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय स्रोतले यसको पुष्टि गरेको हो। विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परीक्षण गरिएको थियो। यसअघि मंगलबार नै उदयपुरकै एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै उदयपुरको भुल्के क्षेत्रमा मात्र कोरोना भाइरसको संक्रमण भएकाहरुको संख्या २२ पुगेको छ।उदयपुरका २२ जना समेत अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ। तीमध्ये ४ जना उपचारबाट ठीक भई फर्किसकेका छन्।गत शुक्रबार उदयपुरमा एकैपटक १२ जनामा कोभिड १९ को संक्रमण देखिएपछि प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालाको टोली स्वाब परीक्षणका लागि भुल्के क्षेत्र पुगेको थियो। उदयपुरबाट २ सय ९७ जनाको स्वाब संकलन गरिएको बताइएको छ। यसमध्ये ६९ जनाको स्वाब परिक्षण विराटनगरस्थित कोशी अस्पतालमा भइ...

ज्वरोको विरामीलाई जिल्ला अस्पतालले जाँच गरेन

Image
राजापुर २८,चैत्र / जिल्ला अस्पताल बर्दियाले राजापुरबाट उपचारका लागि गुलरिया गएका ज्वरोका विरामीलाई जाँच नगरेको समाचार प्राप्त भएको छ ।         राजापुर नगरपालिका वडा नं.७ निवासी वर्ष २८ का रतन थापालाई केही दिन देखि ज्वरो तथा पेट दुख्ने समस्याले सताएपछि राजापुर स्थित स्वास्थ्यकर्मिहरुले आज बेलुका जिल्ला अस्पताल गुलरिया पठाएका  थिए । राजापुर देखि ५ बजे पठाइएका थापालाई ९ बजिसक्दा पनि कुनै किसिमको जाँच नगरिएको स्रोतले बताएको छ । २४ दिन अगाडी भारतको गडवालबाट आएका थापालाई हिजो मात्रै राजापुर क्वारेनटाईनमा खटेका स्वास्थ्यकर्मिहरुले चेकजाँच गर्दा सामान्य देखिएकोमा आज एक्कासी ज्वरो बढेपछि जिल्ला पठाइएको क्वारेनटाईन इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो ।

Corona#Update# Rajapur#Bardiya

Image

राजापुरका सञ्चारकर्मिलाई अन्तराष्टिय खेलाडी अनिल चौधरीले एन ९५ मास्क प्रदान गरे

Image
राजापुर २६,चैत्र / बर्दियाको राजापुर नगरपालीका ५ जयपुर स्थित संचालनमा रहेको अल्पाईन एकेडेमी स्कूलका संचालक तथा नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते खेलाडी अनिल चौधरीले आज. राजापुर नगरपालिका क्षेत्रमा संचालित साथी एफ एम, कोठियाघाट राष्टिय साप्ताहिक, जनता एक्सप्रेस दैनिक, र गेरुवा गाउ पालिकाका श्रेत्रमा संचालित गेरुवा कर्णाली पोष्ट दैनिक पत्रिकालाई १ १ थान एन ९५ माक्स प्रदान गर्नुभएको छ । टेलिफोनबाट कुरा गदै संचालक चौधरीले अब आफ्नो विद्यालयमा अध्ययनरत बिद्याथी, पत्रकार र एम्बुलेन्स चालकहरुका लागी माक्स, सेनीटाईजर, पन्जा बितरण गर्न काठमाण्डौमा सामानहरु खरीद गरी सकेको बताउदै छिट्टै पठाउने व्यवस्था मिलाई रहेको बताउनु भयो । त्यस्तै यस विपद समयमा आफु र आफना सहकर्मि सा। थीहरु मार्फत आफुहरुले यस्ता किसिमका सहयोगहरु गरिरहेको वहाँले बताउनु भयो । लकडाउनका कारण भएको यातायात बन्दको समस्याले आफुले चाहेर पनि खरिद गरेका सामाग्रीहरु राजापुरसम्म पुर्याउन नसकेको वहाँले भन्नुभयो ।  यस बिपत समयमा सचारकर्मीलाई ध्यानमा राखी संहयोग गरेकोमा सञ्चारकर्मिहरुमा नयाँ उत्साह सिर्जना भएको छ । 

Corona#Ghumti Sibir#Dhobinpur 8

Image

को बन्ला राष्ट्र बैंकको गभर्नर ?

Image
२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद पद खाली भएको १९ दिनपछि सोमबार  नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटा सम्मिलित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो । राष्ट्र बैंक ५ चैतदेखि कायमु कायमका भरमा छ । गभर्नरको कार्यकाल सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि सरकारले डेपुटी गभर्नर सिवाकोटीलाई कामु दिएर बसेको थियो । सोमबारको सिफारिसपछि भने अब राष्ट्र बैंकले नेतृत्व पाउने पक्का भएको छ । अर्थमन्त्रालय श्रोतअनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्ति गर्नेछ । डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा राष्ट्र बैंकको गभर्नरका लागि आकांक्षीहरुको ताति नै थियो । आधा दर्जन बढी आकांक्षीहरु मध्येबाटै समितिले ३ ज...

एसईई र कक्षा १२ को परीक्षा वैशाख ८ गतेबाट हुन सक्ने

Image
  जनता समाचार/ राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ। ‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले  भने, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ।’ यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्। त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताएका छन्। ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो,’ अध्यक्ष पौडेलले भने, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्र...

गेरुवा गाउँपालिकाले कोरोनाका लागि ३० लाख बजेट विनियोजन गर्यो

गेरुवा- कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गेरुवा गाउँपालिकाले ३० लाख रकम विनियोजन गरेको    छ । गाउँपालिकाले अति प्रभावित, विपन्न, निम्न वर्गिय तथा आश्रित परिवारको लागि ३० लाख रकम विनियोजन गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस जोखिम रोकथामको लागि गेरुवा गाउँपालिका रातदिन खटिरहेको व्यवहोरा अवगत गराउँदै गाउँपालिकाले लकडाउनबाट प्रभावित परिवारको लागि उक्त रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । कोेरोना भाइरसको सक्रमणलाई फैलिन नदिई यसको रोकथाम गर्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा सम्पुर्ण गेरुवावासीहरुले उक्त लकडाउनको पुर्णरुपमा पालना गरि एक जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्दै आएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले जानकारी दिए । यसैक्रममा लकडाउनको यो समयमा गेरुवा गाउँपालिकामा बसोबास गर्ने अति प्रभावित अति विपन्न निम्न वर्गिय तथा आश्रित परिवारलाई गेरुवागाउँपालिकाले ३० लाख रकम विनियोजना गरि राहत वितरणको कार्य तत्काल गाउँपालिकाले गर्ने अध्यक्ष केसीले जानकारी दिए । यस्तै गाउँपालिकाले लकडाउनको मौ...

राहत स्वरुप अण्डा हस्तान्तरण

Image
राजापुर २०,चैत्र / विश्वभर महामारीको रुप लिई रहेको नोवेल कोरोना भाईरसको संक्रमण रोकथामका लागि जारी लकडाउनबाट प्रभावित तथा श्रमजिवी मजदुरहरुलाई राहत स्वरुप नेपाली काँग्रेस राजापुर नगरका उप सभापति तथा प्रदर्शनी आधुनिक कृषि फर्मका प्रोप्राइटर धनिराम गिरीले राहत स्वरुप कुखुराका अण्डा प्रदान गर्नुभएको छ । राजापुर क्षेत्रका क्वारेनटाईनमा रहेकाहरुलाई लक्षित गरि यो विपद समयमा राहत स्वरुप राजापुर नगरपालिका वार्ड नं.५ भौंरा निवासी गिरीले ६ सय ३० वटा कुखुराका अण्डा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो ।

राजापुर क्वारेनटाईनमा १२ जना

Image
राजापुर २०,चैत्र बर्दियाको राजापुर क्वारेनटाईनमा बाहिरबाट आउने नागरिकहरुको क्रम बढ्दै गएको छ । क्वारेनटाईनमा यो समाचार तयार पार्दासम्म ९ सय ४ जनाको स्वास्थ्य परिक्षण गरिसकेको ईन्चार्ज दिपक शर्माले जानकारी दिनु भयो ।     भारतबाट आएका ३ जनार उनिहरुको सम्पर्कमा रहेका ९ जना गरी १२ जनालाई क्वारेनटाईनमा राखिएको शर्माले जानकारी दिनु भयो । विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोनाको संक्रमण रोक्न राजापुर स्वास्थ्य शाखाले राजापुर क्षेत्रका विभिन्न स्थानहरुमा चेकजाँच तिब्र पारेको शाखाका प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो ।

राजापुरमा भाइरस कोरिन औषधी छरियो

शक्ति परियार १५,चैत्र/बर्दियाको राजापुर बजारका विभिन्न सार्वजनिक स्थल तथा मानिसहरुको भिडभाड हुने कार्यालयहरुमा भाईरस क्लोरिन पाउडर र सोडियम औषधी छरिएको छ । बजारको मुख्य चौक बजार परिसर,नगरपालिका कार्यालय,प्राथमिक स्वास्थ्य केन्द्र,ईलाका प्रशासन कार्यालय,ईलाका प्रहरी,सशस्त्र प्रहरी बल,भन्सार,राजापुर क्वारेन्टाईन,अमर शहिद बहुमुखी क्याम्पस लगायतका स्थानहरुमा औषधी छरिएको हो ।     राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले बजारको प्रमुख चौकमा औषधी छर्नु भएको हो । राजापुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीको संयोजकत्वमा सुरु गरिएको औषधी छर्ने कार्यमा उप प्रमुख मनकला कुमारी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल , ईलाका प्रहरी कार्यालयका डिएसपी,ईलाका प्रशासन कार्यालय प्रमुख सुनिल दत्त,सशस्त्र प्रहरी बल सिमा पोष्ट राजापुरका प्रहरी निरिक्षक किशोर डाँगी, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी,राजापुर वडा नं.४ का अध्यक्ष रमन कुमार रेग्मी,१ नं. वडा अध्यक्ष ख...