राजापुर क्वारेनटाईनमा १२ जना
राजापुर २०,चैत्र बर्दियाको राजापुर क्वारेनटाईनमा बाहिरबाट आउने नागरिकहरुको क्रम बढ्दै गएको छ । क्वारेनटाईनमा यो समाचार तयार पार्दासम्म ९ सय ४ जनाको स्वास्थ्य परिक्षण गरिसकेको ईन्चार्ज दिपक शर्माले जानकारी दिनु भयो ।
भारतबाट आएका ३ जनार उनिहरुको सम्पर्कमा रहेका ९ जना गरी १२ जनालाई क्वारेनटाईनमा राखिएको शर्माले जानकारी दिनु भयो । विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोनाको संक्रमण रोक्न राजापुर स्वास्थ्य शाखाले राजापुर क्षेत्रका विभिन्न स्थानहरुमा चेकजाँच तिब्र पारेको शाखाका प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो ।
Comments
Post a Comment