बदालपुरमा अन्यत्रबाट आएकाहरुको व्यवस्थापनका लागि विशेष कदम चालिदैं
राजापुर /बर्दियाको राजापुर नगरपालिका ५ नं. वडाले अन्यत्रबाट आएका वडावासीहरुलाई व्यवस्थापनमा विशेष कदम चालेको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भएको छ । कामको शिलशिलामा यस क्षेत्रबाट काठमाडौं,बुटवल,सुर्खेत,पाल्पा ,स्याङ्गजा लगायतका विभिन्न स्थानहरुमा गएकाहरु कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण फर्कने क्रम बढ्दै गएपछि वडाले उनिहरुको व्यवस्थापनमा विशेष कदम चालेको वडाअध्यक्ष चौधरीले बताउनु भयो ।

Comments
Post a Comment