राजापुरमा भाइरस कोरिन औषधी छरियो


शक्ति परियार १५,चैत्र/बर्दियाको राजापुर बजारका विभिन्न सार्वजनिक स्थल तथा मानिसहरुको भिडभाड हुने कार्यालयहरुमा भाईरस क्लोरिन पाउडर र सोडियम औषधी छरिएको छ । बजारको मुख्य चौक बजार परिसर,नगरपालिका कार्यालय,प्राथमिक स्वास्थ्य केन्द्र,ईलाका प्रशासन कार्यालय,ईलाका प्रहरी,सशस्त्र प्रहरी बल,भन्सार,राजापुर क्वारेन्टाईन,अमर शहिद बहुमुखी क्याम्पस लगायतका स्थानहरुमा औषधी छरिएको हो ।
    राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले बजारको प्रमुख चौकमा औषधी छर्नु भएको हो । राजापुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीको संयोजकत्वमा सुरु गरिएको औषधी छर्ने कार्यमा उप प्रमुख मनकला कुमारी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल , ईलाका प्रहरी कार्यालयका डिएसपी,ईलाका प्रशासन कार्यालय प्रमुख सुनिल दत्त,सशस्त्र प्रहरी बल सिमा पोष्ट राजापुरका प्रहरी निरिक्षक किशोर डाँगी, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी,राजापुर वडा नं.४ का अध्यक्ष रमन कुमार रेग्मी,१ नं. वडा अध्यक्ष खुशीराम चौधरी,रेडियो साथीएफएमका अध्यक्ष विश्वमान प्रधान,लगायत सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।
विश्वभर महामारीको रुप लिईरहेको नोवेल कोरोना भाईरसको संक्रमणबाट बच्न मानिसहरुको धेरै भिडभाड हुने स्थानमा नगरपालिकाले यो कार्य गरेको नगर प्रमुख चौधरीले भन्नुभयो । नोवेल कोरोनाको संक्रमणबाट बच्न नगरपालिकाले विभिन्न कार्यहरु गर्दै आईरहेको नगर प्रमुख चौधरीले बताउनु भयो ।

Comments