ज्वरोको विरामीलाई जिल्ला अस्पतालले जाँच गरेन


राजापुर २८,चैत्र / जिल्ला अस्पताल बर्दियाले राजापुरबाट उपचारका लागि गुलरिया गएका ज्वरोका विरामीलाई जाँच नगरेको समाचार प्राप्त भएको छ ।
        राजापुर नगरपालिका वडा नं.७ निवासी वर्ष २८ का रतन थापालाई केही दिन देखि ज्वरो तथा पेट दुख्ने समस्याले सताएपछि राजापुर स्थित स्वास्थ्यकर्मिहरुले आज बेलुका जिल्ला अस्पताल गुलरिया पठाएका  थिए । राजापुर देखि ५ बजे पठाइएका थापालाई ९ बजिसक्दा पनि कुनै किसिमको जाँच नगरिएको स्रोतले बताएको छ । २४ दिन अगाडी भारतको गडवालबाट आएका थापालाई हिजो मात्रै राजापुर क्वारेनटाईनमा खटेका स्वास्थ्यकर्मिहरुले चेकजाँच गर्दा सामान्य देखिएकोमा आज एक्कासी ज्वरो बढेपछि जिल्ला पठाइएको क्वारेनटाईन इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो ।

Comments