राजापुरका सञ्चारकर्मिलाई अन्तराष्टिय खेलाडी अनिल चौधरीले एन ९५ मास्क प्रदान गरे
राजापुर २६,चैत्र / बर्दियाको राजापुर नगरपालीका ५ जयपुर स्थित संचालनमा रहेको अल्पाईन एकेडेमी स्कूलका संचालक तथा नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते खेलाडी अनिल चौधरीले आज. राजापुर नगरपालिका क्षेत्रमा संचालित साथी एफ एम, कोठियाघाट राष्टिय साप्ताहिक, जनता एक्सप्रेस दैनिक, र गेरुवा गाउ पालिकाका श्रेत्रमा संचालित गेरुवा कर्णाली पोष्ट दैनिक पत्रिकालाई १ १ थान एन ९५ माक्स प्रदान गर्नुभएको छ । टेलिफोनबाट कुरा गदै संचालक चौधरीले अब आफ्नो विद्यालयमा अध्ययनरत बिद्याथी, पत्रकार र एम्बुलेन्स चालकहरुका लागी माक्स, सेनीटाईजर, पन्जा बितरण गर्न काठमाण्डौमा सामानहरु खरीद गरी सकेको बताउदै छिट्टै पठाउने व्यवस्था मिलाई रहेको बताउनु भयो । त्यस्तै यस विपद समयमा आफु र आफना सहकर्मि सा। थीहरु मार्फत आफुहरुले यस्ता किसिमका सहयोगहरु गरिरहेको वहाँले बताउनु भयो । लकडाउनका कारण भएको यातायात बन्दको समस्याले आफुले चाहेर पनि खरिद गरेका सामाग्रीहरु राजापुरसम्म पुर्याउन नसकेको वहाँले भन्नुभयो ।
यस बिपत समयमा सचारकर्मीलाई ध्यानमा राखी संहयोग गरेकोमा सञ्चारकर्मिहरुमा नयाँ उत्साह सिर्जना भएको छ ।

Comments
Post a Comment