राहत स्वरुप अण्डा हस्तान्तरण
राजापुर २०,चैत्र / विश्वभर महामारीको रुप लिई रहेको नोवेल कोरोना भाईरसको संक्रमण रोकथामका लागि जारी लकडाउनबाट प्रभावित तथा श्रमजिवी मजदुरहरुलाई राहत स्वरुप नेपाली काँग्रेस राजापुर नगरका उप सभापति तथा प्रदर्शनी आधुनिक कृषि फर्मका प्रोप्राइटर धनिराम गिरीले राहत स्वरुप कुखुराका अण्डा प्रदान गर्नुभएको छ ।
राजापुर क्षेत्रका क्वारेनटाईनमा रहेकाहरुलाई लक्षित गरि यो विपद समयमा राहत स्वरुप राजापुर नगरपालिका वार्ड नं.५ भौंरा निवासी गिरीले ६ सय ३० वटा कुखुराका अण्डा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो ।

Comments
Post a Comment