Posts

Showing posts from 2023

बझाङ केन्द्रबिन्दु भएर लगातार ५ पटक भूकम्प

Image
  बझाङमा मंगलबार दिउँसोदेखि लगातार भूकम्प गइरहेको छ। यो समाचार तयार पार्दासम्म बझाङका विभिन्न स्थान केन्द्रबिन्दु भएर पाँच पटक भूकम्प गइसकेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो पटक अपराह्न ४:३१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसअघि ४:२८ बजे ४.१, ३:४५ बजे ४.१, ३:०६ बजे ६.३ र २:४० बजे ५.३ म्याग्निच्युडकाे भूकम्प गएका थिए। यी भूकम्पहरूको धक्का सुदूरपश्चिमका अन्य केही जिल्लामा समेत महसुस भएको थियो। भूकम्पले बझाङका केही घरमा क्षति पुगेको छ भने कतिपय स्थानमा जमिन चिरा परेको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ। भूकम्पपछि पराकम्पहरू गइरहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

क्यानको अध्यक्षमा उठ्ने विनयराज भण्डारीको घोषणा

Image
जस ५ असोज, काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको उपाध्यक्ष समेत रहेका भण्डारीले पहिलो पटक केन्द्रीय निर्वाचन लड्न लागेका हुन् । अध्यक्ष चतुरबहादुर चन्द नै फेरि अध्यक्षमा दोहोरिने तयारीमा छन् । ‘चन्दविरुद्ध रुष्ट साथीहरूले मलाई उठ्नुस् भन्नू भएको छ,’ भण्डारीले भने, ‘ म क्यानको अध्यक्षमा लड्दैछु ।’ क्यानको साधारणा सभा आज शुक्रबार सुरु भएको छ । कार्य समिति चयनका लागि भने भोलि शनिबार चुनाव हुने छ ।
बर्दिया : लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बर्दिया र बाँकेमा भएको छुट्टाछुट्टै घटनामा परि ज्यान गुमाउनेको परिवारलाई उचित राहत तथा घाइतेहरुको उपचारको लागि प्रदेश सरकारबाट ब्यवस्था गर्न माग गर्नु भएको छ । प्रदेशसभा सदस्य तिमिल्सिनाले शोक विग्यप्ती निकाल्दै मृतकको परिवारलाई राहत उचित उपलब्ध गराउन तथा घाइतेहरुको उपचारको ब्यवस्था गर्न माग गर्नु भएको हो । बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको थियो भने बाँकेको सम्सेरगंजमा शुक्रवार राती भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । ठाकुरबाबा नगरपालिकाबाट अवलोकन भ्रमणका लागि दाङ गएर फर्किएको टोलि सवार बस दुर्घटना भएको थियो । दुर्घटनामा परि ५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

समाजसेवी रावलद्वारा लागूऔषधका कारण पीडितलाई आर्थिक सहयोग

Image
जस भदौ २२, चितवन / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवंम् केन्द्रीय सामाजिक बिभाग प्रमुख,समाजसेवी युवानेता विनय रावलले लागुओैषध तथा माधक पदार्थको दुर्ब्यसनमा परि दयनिय जीवनयापन गरिरहेकाहरुलाई सहजताका लागि ४५ हजार आर्थिक सहयोग गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन र क्रस राेड रिहयाव हाउस प्राइवेट लिमिटेड भरतपुर उपमहानरपालिका वडा नं.८ गाैरीगञ्ज चितवनकाे अनुराेधमा लागुओैषध तथा माधक पदार्थको दुर्ब्यसनमा परि रिहयाव सेन्टरमा दयनिय जीवनयापन गरिरेका बृद्व तथा युवाहरूका सो सहयोग गर्नु भएको हो । फोटो फिचर :-

राजनीति दलद्वारा राजापुर नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

Image
केशव कोइराला भदौ २२,राजापुर / बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पती एवं अन्य करको बिरोध गर्दै बिभिन्न राजनीतिक दलले राजापुर नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजार समेत बन्द गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् ।नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले चर्को कर असुलेको दलहरुको आरोप छ । यसै सन्दर्भमा गत भदौ १५ गते वडा कार्यलयहरु घेराउ, १८ गते नगरपालिका कार्यालय घेराउ लगायतका शान्तिपूर्ण बिरोधका कार्यक्रमहरु गरेपनि नगरपालिकाले सुनुवाई नगरेपछि थप आन्दोलनको घोषणा स्वरुप नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको नेपाली कांग्रेस राजापुर नगर सभापति महेश चौधरीले जानकारी दिनुभयो । कर बृद्धी घटाउन आम समुदायको गुनासो आएकाले शान्तीपूर्ण आन्दोलन गरेको नेकपा एमालेका नेता शिव प्रसाद चौधरीले बताउनु भयो । यता नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दावी गर्दै आउनुभएको छ । नगरपालिकाले २०८० असार १८ गते अर्थ सम्वन्धी प्रस्ताव...

राजापुरमा जनतासँग माओवादी अभियान सुरु

Image
जस भदौ १६,राजापुर /  बर्दियाको राजापुरमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरिएको छ । नगरपालिकाका १० वटै वडाहरुमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरिएको हो । माओवादी पार्टी प्रति पछिल्लो समयमा विभिन्न जन गुनासो आएका कारण जनताको भावना बुझ्न र संगठन बिस्तार गर्न यो अभियान चलाइएको नेकपा माओवादी केन्द्रका राजापुर नगर अध्यक्ष चिन्तामणी आचार्य दिपेन्द्रले बताउनुभयो । यस्तै राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेलले पाटी नेतृत्व विलासितामा भुलेको भन्दै जनजन र मनमनमा बस्न २०६४ सालकै नेतृत्व र पृय पाटी बनाउन रुपान्तरण  अभियान सुरु गरेको बताउनु भयो । उहाले भन्नुभयो “जनप्रतिनिधी वा कार्यकर्ता जो जुन जस्तो स्थानमा भएपनी जनताको दुःख सुखमा साथ दिन घर दैलो गर्न पनी यो अभियान सुरुगरिएको हो ।”  यस्तै राजापुर नगरपालिका वडा नं ८ का अध्यक्ष राजेश थारुले हरेकको मनमनमा बस्न चुप लागेर बस्न नहुने भन्दै यो अभियानमा सक्रिय भएर सबै लाग्नुपर्ने धारणा राख्नुभयो । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको भर्चुअल माध्यमबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाट...

कैलालीका केरामा फेला पर्यो नयाँ प्रजातिको रोग

Image
(जस) ७,भदौ धनगढीः कैलालीका केरामा नयाँ प्रजातिको ट्रोपिकल रेस ४ (टीआरफोर) रोग फेला परेको छ। कैलालीको टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो।   नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक फेला परेको पुष्टि गरेको छ।  कृषि वैज्ञानिकले २०८० साउन १० गतेदेखि कैलालीका नौ जना किसानका केरा बगैँचामा पुगेर आठ हजार केराका बोटको अवलोकन गरेका थिए। रोगसँग मिल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा जीवाणु देखिएको र पछि पीसीआर गर्दा चार वटा बगैँचाबाट लिइएका नमुनामा पोजेटिभ देखिएको थियो। टीकापुर नगरपालिकाका वडा २, ५ र ७ मा रोग देखिएको हो।  भारतमा भने पाँच वर्षअघि नै यो रोग देखा परेको थियो। नेपालमा पहिलो पटक टीकापुरमा देखा परे पनि सावधानी देशैभर अपनाउनु पर्ने वैज्ञानिकहरुले बताएका छन। दिनेश खबर

थारु समुदायले आज गुरही पर्व मनाउँदै

Image
  बर्दिया: पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनउदै छन्। वभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो। गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन्। यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ। बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन्। फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ। यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ। गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ। यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ। गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ। हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा पनि मनाउँदै आएको सखी सञ्जाल कैलालीका अध्यक्ष उन्नति चौधरीले बताइन। उनका अनुसार नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका ...

राजापुरमा वाईसिएल नेपालको वडा भेला सम्पन्न

Image
जनता समाचार २६, साउन । राजापुरब र्दियाको राजापुर नगरपालिका स्थित छुट्टा छुट्टै वडामा अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाईसिएल नेपालको भेला सम्पन्न भएको छ। राजापुर नगरपालिका स्थित वडा न ५ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेलाले अस्नी थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। त्यस्तै , वडा नं ८ मा प्रेम प्रकाश थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको जनाइएको छ। छुट्टा छुट्टै स्थानमा आयोजना गरिएको भेलामा नेकपा माओवादी केन्द्र राजापुर नगरपालिका कमिटीका अध्यक्ष चिन्तामणि आचार्य प्रमुख अतिथि रहनु भएको थियो भने वडा नं ५ का वडा अध्यक्ष रमेश दहित,वडा नंं ८ का वडा अध्यक्ष राजेश थारु लगायतको सहभागिता थियो ।

बर्दियाको कोठीयाघाट पुलबाट हाम फालेर १ जना वेपत्ता, खोजी कार्य जारी

Image
जस, साउन २४ बर्दिया । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा कोठिया घाट) नदीमा अवस्थित पक्की पुलबाट हाम फाली एकजना बेपत्ता भएका छन् । अन्दाजी ६०/६५ बर्षका एक पुरुष नदीमा हाम फालेका हुन् । उनको नाम, थर, वतन पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । नदीमा सुरक्षाकर्मीको टोलीले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । खोजी कार्य गरिरहेको टोलीले नदी तटीय नेपाल– भारत सीमा क्षेत्रमा सक्रियता बढाएको जनाईएको छ । ती पुरुष को हुन् र किन हाम फाले भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरप्को भनाई छ ।

राजापुरका ३ सय १ विद्यार्थी बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Image
शक्ति परियार । साउन १९ राजापुर बर्दियाको राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय १ वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कमैया महिला जागरण समाज नेपालले मुक्त कमैया, कमलरी, दलित, विपन्न परिवार, र अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कमैया महिला जागरण समाज नेपालले मुक्तकमैया र कमलरीको हकहितको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारुले बालबालिका कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै पालिका भित्रका कुनै पनि बालबालिकाले शिक्षाका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गर्ने शिक्षामा २७ करोड रुपैयाँ छुट्याएको बताउनु भयो । सोचे अनुसारको नतिजा नआएकोले शिक्षामा सुधार गर्न सबैको साथ र सहयोग आवश्यक रहेको नगर प्रमुख थारुको भनाई छ । उहाँले समय, परिस्तिथी फेरिएकोले अबका बालबालिकाले राम्रोसँग शिक्षा आर्जन गरेर अगाडी बढ्नु पर्नेमा जोडदिनु भयो । नेपालमा कृषि बँधुवा श्रमको अन्त्य परियोजनाको सामाजिक परिचालक सम्झना चौधरीले बस्ती, वडा र नगर स्तरिय मुक्त कमैया समाज, विद्यालय, वडा कार्यालय र...

"बर्दियामा डुबान र कटानको समस्याले क्रमागत निकास पाउने छ": विनय रावल

Image
𝐉𝐚𝐧𝐚𝐭𝐚 𝐄𝐱𝐩𝐫𝐞𝐬𝐬 𝐎𝐧𝐥𝐢𝐧𝐞 🇳 🇪 🇼 🇸  बर्दिया २२,माघ / तथा केन्द्रीय सामाजिक विभाग प्रमुख युवा नेता विनय रावलले बर्दियामा डुबान र कटानको समस्याले क्रमागत निकास पाउने बताउनु भएको छ ।  बर्सेनि बाढी र नदी कटानको मारमा परेका बर्दिया का पीडितहरुले अब ठूलो क्षति बेहोर्न न पर्ने नेता रावलले सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराउनु भयो। "बिकसित र ब्यवस्थित बर्दिया" बनाउने मुख्य लक्ष्य अनुरूप ठाकुरबाबा नगरपालिका वडा नं.२,३,७,८ र मधुवन नगरपालिकाकाे वडा नं.१,२ हुँदै काेठियाघाटमा समिश्रण हुने ओैराहि खाेलाकाे २७ किलाेमिटर दायाँ र २७ किलाेमिटर बायाँ दुबै किनार जम्मा ५४ किलाेमिटर क्षेत्रमा तटबन्धको DPR तयार भई उर्जा, सिंचाई तथा जलश्राेत मन्त्रालय, सिचाई बिभागबाट अथक प्रयास पश्चात आज स्वीकृत भएकाे रावलले जानकारी गराउनु भयो। सामाजिक सञ्जलमार्फत उहाँले भन्नु भयो -"ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका अन्तरगत ओैराहि खाेलाकाे तटिय क्षेत्रमा बसाेबास गर्ने बर्दियालि नागरिकहरूले भाेगिरहेकाे डुबान,कटान समस्या केही समयमै क्रमागत बजेट निकाशा भई तटबन्धको निर्माण कार्य प्रारम्भ पश्च...

बर्दियाको मधुवनमा भूमिगत ध्यान साधना हुँदै

Image
𝐉𝐚𝐧𝐚𝐭𝐚 𝐄𝐱𝐩𝐫𝐞𝐬𝐬 𝐎𝐧𝐥𝐢𝐧𝐞 🅽🅴🆆🆂 मधुवन २२,माघ/ बर्दियाको मधुवन नगरपालिका १ स्थित सुर्यपटुवा (डल्ला) मा ऐतिहासिक भूमिगत ध्यान साधनाको आयोजना हुने भएको छ।  माघ २९ गते देखि फाल्गुन ०६ गते सम्म गुरु शंकरद्वारा आज सम्मकै ऐतिहासिक भूमिगत ध्यान साधना सञ्चालन गरिने बताइएको छ। साधनामा श्रद्धालु भक्तजनलाई ध्यान समाधीको दर्शन गर्न आमन्त्रणका लागि आयोजक समितिले आग्रह गरेको छ ।

बर्दियामा बाघको संख्या बढाउन मान्छेको बलि सरकार मुकदर्शक , स्थानिय त्रसित

Image
  सरकार मुकदर्शक , स्थानिय त्रसित शक्ति परियार  बर्दिया १०, माघ/ बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिला घाइते भएकी छन् । खरखडाइका लागि बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेकी ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट (कार्की) बाघको आक्रमणबाट घाइते घाइते भएकी हुन्। पछिल्लो समय धेरै बाघ पाइने स्थानको रूपमा जिल्लाको नाम उच्च रहेता पनि स्थानियले ज्यानको बलि दिनु पर्ने तीतो यथार्थ छ। बाघ आक्रमणका घटनाहरू पटक पटक दोहोरी रहेको भएपनि सरकार यस तर्फ मुकदर्शक बनेको छ। घाइते विष्टको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँ स्थित स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको जनाइएको छ।

बर्दियामा बालक बेपत्ता, खोजी तीव्र

Image
  शक्ति परियार  माघ ९, मधुवन / बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्य पटुवा (कुसुम्मा) निवासी एक बालक बेपत्ता भएका छन् ।  गत माघ ५ गते बेलुका ५ बजे देखि १२ वर्षिय बालक रोशन खड्का सम्पर्क विहिन भएका हुन । परिवारको जानकारी बिना घरबाट निस्केका रोशन पछिल्लो २ दिन देखि सम्पर्कमा नआएपछि परिवारजनले खोजी कार्य तीब्र पारेको छ।  रोशनले जय लर्ड बुद्ध पब्लिक स्कूलको ट्रयाक सुट माथि कालो हुट र लेस नभएको जुत्ता लगाएको पारिवारिक स्रोतले जनाएको छ।