राजापुरका विद्यालय सञ्चालनका लागि नगरपालिकालाई ज्ञापन पत्र


शक्ति परियार । राजापुर

कोरोना संक्रमणका कारणले अझैं सम्म खुल्न नसकेका राजापुर क्षेत्रका विद्यालय सञ्चालनका लागि नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ ।  राजापुर क्षेत्रका संस्थागत विद्यालयको संगठनले बुधबार नगरपालिका प्रमुख शिव प्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएका हुन्।

कोरोना महामारीको सुरुवात देखिनै ठप्प रहेका विद्यालयहरू अन्य पालिकाले जस्तै सञ्चालनका लागि माग गरिएको छ । ज्ञापनपत्रमा राजापुर नगरपालिका क्षेत्रमा कोरोना संक्रमण घट्दै गएकाले यथाशीघ्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने वातावरण मिलाई दिन आग्रह गरिएको छ ।

Comments