राजापुर ८ नं. वडाका गाउँटोलहरु झिलीमिली हुने

शक्ति परियार । राजापुर

बर्दियाको राजापुर नगरपालिका स्थित वडा नं. ८ का गाउँटोलहरु झिलिमिली हुने भएका छन् । वडाले शुक्रबार गाउँका बड्घर तथा महिला स्वयं सेविकाहरुसंग राखेको छलफलमा वडाध्यक्ष चिन्तामणि आचार्यले वडाका १० वटा गाउँटोलका प्रमुख सडकहरुमा बत्ती जडान गर्ने बताउनु भयो । अध्यक्ष आचार्यले विद्युत प्राधिकरणसंग वडाका विभिन्न स्थानमा बत्ती जडानका लागि कुरा भईरहेको बताउनु भयो । वडामा बत्ती जडान हुने भएपछि स्थानीय हर्षित भएका छन् । 

छलफलमा वडाका १० वटै टोलका बड्घरहरुले आ—आफ्ना वडाका समस्याहरु अध्यक्ष आचार्य सामु दर्शाएका छन् । चालु आर्थिक वर्षमा ८ नं. वडाले प्राचिनकाल देखि चलिआएको गाउँको मुखिया (बड्घर) प्रथालाई प्राथमिकतामा राख्दै मासिक १ हजार रुपैयाँ र सहायकलाई ५ सय रुपैयाँ प्रोत्सान रकम स्वरुप प्रदान गर्ने भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा अधुरा रहेका भवन निर्माणका कार्यहरु,ओस्ताजपुर देखि फत्तेपुरसम्म र बैठकपुर टोलको सडक स्तर उन्नत लगायतका कार्यहरु तुरुन्तै सुचारु गर्ने वडा अध्यक्ष आचार्यले बताउनु भयो । छलफलमा सहभागीलाई मास्क,स्यानीटाईजर र फेसशिल्ड समेत प्रदान गरिएको छ ।

Comments