बर्दियामा वाइसिएलको जनलहर उर्लियो
राजापुर/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल)को प्रथम नगर सम्मेलन बर्दियाको राजापुरमा सम्पन्न भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनालले अब वाईसिएलले मुलुकमा नयाँ जनक्रान्ती ल्याउने बताउनु भयो । ‘हाम्रा हतियार जम्मा गर्न लगायो,खोला नालामा बस्न बाध्य बनायो तर यसपछि फेरी हामी परिवर्तनका लागि लाग्ने छौं,परिवर्तन ल्याउने छौं किन भने जसका नाराहरु हुन्छन् त्यो पार्टी कहिल्यै कमजोर हुन सक्दैन’ वहाँले भन्नुभयो । ‘वाईसिएल भन्ने वितिक्कै आतंक बुझ्ने,माओवादी पार्टीको संगठन हो भन्ने बुझ्नेहरुलाई प्रष्ट पार्न चाहन्छौ कि यो माओवादीको संगठन होईन’ वहाँले भन्नुभयो । योङ्ग कम्युनिष्ट लिग नेपाल राजापुरका अध्यक्ष ओम प्रकाश थारु प्रविणको सभापतित्वमा आयोजित सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल प्रमुख अतिथी रहनु भएको थियो त्यस्तै अन्य अतिथीहरुमा बर्दिया जिल्ला ईन्चार्ज तिलक शर्मा हिमाल, जिल्ला संयोजक भुवन थारु किशोर,संविधान सभा सदस्य मानबहादुर थारु,लक्ष्मी प्रसाद शर्मा प्रदेश सदस्य,शिव प्रसाद चौधरी राजापुर नगरपालिका प्रमुख,मनकला कुमारी चौधरी उपप्रमुख,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राजापुर नगरकमिटी अध्यक्ष चिन्तामणि आचार्य,वाईसिएल नेपाल केन्द्रिय सदस्य बसन्ती थारु लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा राजापुर क्षेत्रका वाईसिएलका यूवाहरुको ठुलो सहभागिता थियो ।






Comments
Post a Comment