राजापुरको किसान माविमा अटोमेटिक कुलिङ्ग सिस्टम फिल्टर संचालनमा

जनता समाचार । राजापुर

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ मा रहेको किसान माध्यमिक विद्यालयमा निर्माण गरिएको अटोमेटिक कुलिङ्ग सिस्टम सहित ठूलो वायुस्याण्ड फिल्टरको उद्घाटन गरिएको।  छ । उक्त ठूलो फिल्टरको उद्घाटन पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले एक कार्यक्रमका बिच गर्नु भएको हो ।

राजापुर नगरपालिकाको आर्थिक तथा प्रबिधिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना अन्तरगत करिव ८ लाखको लागतमा विद्यार्थीहरुलाई शुद्ध पिउने पानीका लागि निर्माण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद सन्तकुमार थारुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यबस्था नहुदा सम्म विकास गतिलिन नसकेको बताउनु भएको छ । अहिलेको यस्तो ब्यबस्थामा सरकार गिराउने र बनाउने खेल भएकोले विकास गति लिन नसकेको बताउनु भएको छ । प्रत्यक्ष कार्यकारी निर्वाचित  राष्ट्रपतिको ब्यबस्थाका लागि सबै जनाले एकपटक जोड बल गर्नु पर्ने बताउनु भएको छ । यसैगरी अर्को प्रसंगमा अवको योजना राजापुर क्षेत्रको विकास गर्ने तर्फ लक्षित रहने कुरामा जोड दिनु भएको छ । कार्यक्रम सञ्चालन भएको बिद्यलयमा आफ्नै कार्यकालमा पर्खाल निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दीपेश थारुले स्वच्छ पानी हाम्रो जीवन लागि अतिआवश्यक रहेकोले प्रदेश सरकारबाट अन्य विकासका योजनासंगै पानी सुद्धिकरणका लागि पनि बजेट बिनियोजन गर्ने बताउनु भएको छ । विद्यालयमा भाैतिक विकास सँगै सामाजिक विकासको आवश्यक रहेको बताउनु भयो ।  शिक्षक तथा अभिभावकहरुलाई शिक्षामा गुणस्तर ल्याउनुमा सबै पक्ष तयार हुनु पर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद थारूले पुर्णसरसफाई उन्मुख पालिका बनाउनका लागि यस विद्यालयबाट सुद्धपिउने पानीको लागि फिल्टर निर्माण गरिएको बताउनु भएको छ । अब क्रमशः सबै विद्यालयमा निर्माण गर्ने योजनामा रहेको बताउनु भएको छ । 
कार्यक्रममा राजापुर नगरपालिकाका नगरउपप्रमुख मनकलाकुमारी चाैधरी, शिक्षक, अभिभावक बिद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

Comments