राजापुरमा अनेरास्ववियू क्रान्तिकारीको प्रथम भेला सम्पन्न,५१ सदस्यीय नयाँ कार्यसमिति चयन
जनता समाचार । राजापुर
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीको प्रथम नगर भेला बर्दियाको राजापुरमा सम्पन्न भएको छ । भेलाले अमर शहिद बहुमुखी क्याम्पस ईकाई कमिटीका संयोजक राजेश राजवंशी थारुको संयोजकत्वमा पछि थप्न मिल्ने गरी ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अखिल क्रान्तिकारी राजापुर नगर कमिटीको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै भेलाका प्रमुख अतिथी तथा निर्वाचन क्षेत्र नं. २ का संविधान सभा सदस्य मानबहादुर थारुले शिक्षामा क्रान्ति ल्याउन आफुहरुले ठुलो बलिदान दिनुपरेको बताउनु भयो । सामान्य शिक्षा हाँसिल गर्नका निम्ती गरिबका छोराछोरीले पैसा खर्च गर्नसक्ने अवस्था थिएन तर वर्तमान समयमा आफ्नो सरकार आएसंगै राष्ट्रिय स्तर देखि नै निशुल्क शिक्षा घोषणा गर्न आफुहरु सफल रहेको वहाँको तर्क थियो । भेलामा विशिष्टि अतिथीको आशनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारुले शिक्षाको गुणस्तर बढाउन बर्दिया भौंराटप्पा क्षेत्रकै एकमात्रअमर शहिद बहुमुखी क्याम्पसका लागि लुम्बिनि प्रदेशबाट प्रत्येक वर्ष वजेट विनियोजन गर्दै आएको बताउनु भयो । हिजोका दिनमा उच्च शिक्षा हाँसिल गर्नका लागि कैलाली,बाँके तथा अन्यत्र जानु पर्ने बाध्यथा थियो तर राजापुर क्षेत्रमा बहुमुखी क्याम्पस स्थापना भएपछि गरिब किसानका छोराछोरीले आफ्नै घरको खाना खाएर आफ्नै क्षेत्रबाट उच्च शिक्षा हाँसिल गरिरहेको बताउनु भयो । पढाईलाई व्यवसायिकताका रुपमा नलिएर शिक्षाको स्तरमा समेत शिक्षकहरुले ध्यान दिनुपर्ने बताउँदै यदि विद्यालयमा केही कमिकमजोरीहरु भएमा त्यसलाई निर्धक्कका साथ आवाज उठाउनुपर्नेमा वहाँले जोड दिनुभयो ।भेलामा बोल्दै राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीले पछिल्लो समयमा कोरोनाका कारणले विद्यालय बन्द गरिएका कारण विद्यार्थीहरुको पठनपाठनमा निकै असर परेको भन्दै आउँदो असोज देखि राजापुर क्षेत्रका सम्पूणर् विद्यालयहरु संचालन हुने वहाँले बताउनु भयो ।
भेलामा बोल्दै नेकपा माओवादी (केन्द्र) राजापुर नगर कमिटी अध्यक्ष चिन्तामणि आचार्यले विद्यार्थी आफ्ना हरेक हकअधिकारका आवाज उठाउँदै अगाडी बढ्नुपर्ने बताउनुभयो । अनेरास्ववियूले पार्टीका कार्यकर्ताबाट भएका कमजोरीलाई नलुकाई त्यसका विरुद्धमा बोल्नुपर्ने बताउनुभयो । भेलामा अनेरास्ववियूका जिल्ला संयोजक रेशम अधिकारी,पूर्व अध्यक्ष प्र्रमोद कुमार थापा,सुरेश भूल लगायतले बोल्नु भएको थियो ।





congratulations
ReplyDelete