राजापुरमा व्यापार संगठनको नयाँ कार्यसमिति चयन
शक्ति परियार । राजापुर
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम बर्दियाको राजापुरमा सम्पन्न भएको छ। कार्यक्रममा पालिका भित्रका व्यापारीहरूले व्यवसाय प्रति आफ्ना गुनासाहरु पोखेका छन्।पछिल्लो समयमा संगठनमा क्रियाशीलता नभएको भन्दै यदुमणी गौतमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। उपाध्यक्षमा जगत राम थारु,सचिव कृपालाल थारु, कोषाध्यक्ष मैया चौधरी, सह सचिव बलवीर राना रहेका छन । त्यस्तै सदस्यहरुमा कृष्ण दत्त चौधरी,अंग्रेज चौधरी, फरहरी चौधरी,आजम हासिम,अमर चौधरी,उमित गुप्ता, छत्र प्रसाद ढुङ्गाना, ओम प्रकाश थारु लगायत रहेका छन ।नयाँ कार्य समितिले आउँदा दिनमा थप उर्जाशील कार्य गर्ने विश्वास लिइएको छ।

Comments
Post a Comment