राजापुरको त्रिवेणीमा स्वास्थ्य केन्द्रको स्थापना

 

राजापुर, भाद्र २२ गते 

बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर ५ मा शहरी स्वास्थय केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रको उद्घाटन पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले एक कार्यक्रमका बिच गर्नु भएको हो ।स्थानीय नागरिकहरुको स्वास्थ्य सेवामा पहुच पुर्याउने उदेश्यले संघीय सरकारको  करिब साढे ६३ लाको लागतमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद सन्तकुमार थारुले शहरी स्वास्थ्य केन्द्रको स्थापना भएपछि जनताको अनुहारमा खुसि छाएको अनुभुति गरिरहेको बताउनु भएको    छ । जनयद्ध र संविधानसभाले बनाएको संविधानले यो खुसि र बिकासको अनुभुति भईरहेको बताउनु भएको छ । अब समाजबादी ब्यबस्थाको कल्पना गरेर संविधान बनाएका छाैँ, त्यो ब्यबस्था ल्याउनका लागि हामी सबैजना सचेत हुन आवश्यक रहेको बताउनु भएको छ ।अर्कोप्रसंगमा सांसद थारुले प्रत्यक्ष कार्यकारी निर्वाचित  राष्ट्रपतिको ब्यबस्थाका लागि सबै जनताले आवाज उठाउनु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।  

कार्यक्रममा दोस्रो सविधानसभा सदस्य मानबहादुर थारु विकासका लागि भाैतिक संरचना संगै सामाजिक बिकास गर्न पर्ने आवश्यकता रहेको बताउनु भएको छ । हामी राजापुरमा भाैतिक संरचना संगै सेवाको सदुपयोग तथा सेवा लिननसकिरहेको बताउनु भएको छ । हामीले बजेट कति पायाैँ भन्दा पनि सेवा र अधिकारकति पायाैँ तथा लिनसक्याैँ भन्ने मुख्य कुरा रहेको बताउनु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दीपेश थारुले यस  त्रिवेनीबजार क्षेत्रका जनता आफ्नो वडाको स्वास्थ्य संस्थामा भन्दा अर्को पालिकामा जानु पर्ने अस्था तरेको बताउनु भएको छ । यस शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेपछि निकै सहजभएको बताउनु भएको छ । साथै सडकसंजाल र पुल कल्भटहरु प्रसस्त मात्रामा निर्माण भईरहेको छ । संघीयतामा देश गएपछि  विकासमा तिब्रता आएको बताउनु भएको छ । अहिले सबैसेवाहरु घर नजिकै आएको छ । अब हामी सामाजिक बिकास गर्न आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद थारूले राजापुर नगरपालिकाबासीलाई स्वास्थ्य सेवा सहजपहुच पुर्याउने कार्यलाई जोड दिएको बताउनु भएको छ । स्थानीय तहमा जनप्रतिनिधिको रुपमा आएदेखि स्वास्थ्य सेवाको क्षेत्रलाई प्रथमिकतामा राखेर काम गरिरहेको जानकारी गउाउनु भएको छ । राजापुरको सबै वडामा  स्वस्थ्य सेवा पुर्याउन स्वास्थ्य संस्थाको स्तरउन्नति गरेको बताउनु भएको छ ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगरउपप्रमुख मनकलाकुमारी चाैधरी, स्वस्थ्यकर्मी, बरघर, महिला स्वास्थ्य स्वयमसेविका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम राजापुर नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर थारुको सभापतित्वमा भएको थियो ।


Comments