राजापुरको बदालपुरमा ६ कोठे विद्यालय भवनको उद्घाटन

 

जनता समाचार,२२ भदौ ।

बर्दियाको राजापुर नगरपालिका वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बदालपुरको ६ कोठे भवन आज उद्घाटन गरिएको छ । विद्यालयले आयोजना गरेको समुद्घाटन कार्यक्रममा संघिय सांसद सन्त बहादुर थारुले रिवन काटेर भवनको उद्घाटन गर्नु भयो । 

कार्यक्रमका प्रमुख अतिथि तथा संघिय सांसद थारुले राजापुर क्षेत्रमा आफू बाल्य कालमा आएको कुरा स्मरण गर्दै त्यति खेरको विद्यालयको अवस्था र वर्तमान विकासको गतिको बारेमा बोल्दै आफूहरुले राजापुर क्षेत्रमा शिक्षा,स्वास्थ्य खानेपानीका लागि विशेष ध्यान दिएको बताउनु भयो।


कार्यक्रम का विशिष्ट अतिथि निर्वाचन क्षेत्र नं २ का संविधान सभा सदस्य मान बहादुर थारुले जीर्ण भवनहरू सुधार मात्रै नभएर शिक्षामा ठूलो लगानी लगाई रहेको बताउनु भयो । आउँदा दिनमा राजापुर क्षेत्रमा विकास निर्माणका कामहरु अझैं ऊर्जाका साथ गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा अतिथिको आसनबाट बोल्दै राजापुर नगरपालिका का नगर प्रमुख शिव प्रसाद चौधरीले आफू निर्वाचित भए देखि पछिल्लो ५ वर्षमा राजापुर क्षेत्रमा विकास निर्माणका कार्यहरू तिब्र रुपमा भएको बताउनु भयो । राजापुर क्षेत्रमा शिक्षा स्वास्थ्य र खानेपानी लाई उच्च प्राथमिकतामा राख्दै आफूहरु अगाडि बढेको भन्दै भौतिक संरचना का कार्यहरू समेत तिब्र रूपमा रहेको बताउनु   भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्यारेलाल थारुको अध्यक्षतामा भएको कार्यक्रमका अतिथिहरुमा राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरी,राजापुर नगरपालिका वडा नं ५ का अध्यक्ष राम बहादुर थारु, समाजसेवी, बुद्धिजीवी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Comments