Posts

Showing posts from March, 2022

लागु औषध न्युनिकरणका लागि विद्यार्थीलाई सचेतना

Image
जनता समाचार बर्दिया / लागु औषध न्युनिकरण गर्न युवा तथा विद्यार्थीलाई सचेतना गराईएको छ । गुलरिया नगरपालिका–६ को आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालय बर्दियाको सहजिकरण र वातावरण संरक्षण साईक्लिङ्ग समुहको आयोजनामा युवाहरुलाई सोमबार लागु औषध न्युनिकरण सम्बन्धि सचेतना गराईएको     हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले लागु औषधको हानीको बारेमा र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लागु औषध सम्बन्धि कानुनी प्रावधानको बारेमा युवाहरुलाई सचेत गराएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शाहीले लागु औषधले मानि...

बर्दियामा पहिलो छुवाछुत मुक्त पालिका बन्यो बढैयाताल

Image
विभेद मुक्त समाज निर्माणमा यूवा अग्रसर   दलबहादुर सुनार जनता समाचार १४ ,चैत / बर्दियाको बढैयाताल गाउँपालिकाले जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरेको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आइतबार एक समारोहमा पालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरेका हुन् । जिल्लाका आठ वटा पालिका मध्ये बढैयाताल गाउँपालिकाले दलितका सवालमा काम गर्ने गैर सरकारी संघ सस्था र दलतिअधिकार कर्मिहरुको समन्वय र सहकार्यमा पालिकालाई जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरी पहिलो पालिका बनेको छ । घोषणा सभाका अध्यक्ष समेत रहेका अध्यक्ष श्रेष्ठले ब्यानर बाचन गरी घोषणा गर्दै आजको दिन जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएकोले पालिकामा जातिय बिभेद नहुने बताउदै यदि कसैले उलंघन गरेमा कानुन बमोजिम कारवाही गर्ने प्रतिबद्धता गरे । उनले नेपालको संबिधान ऐन कानुन नियममा उल्लेख भएको छुवाछुत बिरुद्ध बनेका कानुनको पूर्ण रुपमा कार्यान्वयन गर्न र गाउँपालिकालाई जातिय विभेद र छवाछुत मुक्त गाउँपालिका बनाउने संकल्प समेत व्यक्त गरे । घोषण...

बदालपुर स्वास्थ्य चौकीलाई कतारको एम्बुलेन्स सहयोग

Image
  जनता समाचार । राजापुर  बर्दियाको राजापुर नगरपालिका वडा नं ५ स्थित रहेको बदालपुर स्वास्थ्य चौकीले अब एम्बुलेन्स सेवा सुचारु गर्ने भएको छ । सो एम्बुलेन्स कतार च्यारिटी एण्ड (एल आई डि ओ) नेपालको सहयोगमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले प्रदान गरेको जनाइएको छ । आउँदा दिनहरुमा सो क्षेत्रका बिरामीहरूले उपचारका निम्ति एम्बलेन्सको सुविधा लिन पाउने भएका हुन् ।मन्त्रालयले स्वास्थ्य चौकी लाई  ख वर्ग को एम्बुलेन्स प्रदान गरेको हो ।

राजापुर बासीलाई खुशीको खबर । राजापुरमा जग्गा नाप जोख सुरु,स्थानिय हर्षित

Image
राजापुरमा जग्गा नाप जोख सुरु,स्थानिय हर्षित  जनता समाचार । राजापुर लामो समय देखि अलमलमा परेको जग्गा नाप जोखको काम अब छिट्टै हुने भएको छ । भुमी सम्बन्धि सम्पुर्ण समस्याहरु निर्मूल पार्न राष्ट्रिय भूमि आयोगले कदम अघि सारेको हो । राष्ट्रिय भुमी आयोग राजापुर बर्दियाले राजापुर नगरपालिका स्थित वडा न.५ झप्टी गाउँबाट जग्गा नाप जोखको कार्य प्रारम्भ गरेको छ। झप्टी गाउँबाट प्रारम्भ नापी कार्यमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारु,राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी,उप प्रमुख मनकला कुमारी चौधरी,राजापुर नगरपालिका प्रशासन शाखा प्रमुख खड्क ओली ,वडा नं ५ का अध्यक्ष राम बहादुर थारु,समाजसेवी, स्थानीय लगायत सहभागि थिए। जग्गा नाप जाेख को कार्य सुरु भएपछि स्थानीय बासी हरु लाल पुर्जा पाउने आशामा हर्षित भएका छन् ।  तस्बिर : रमेश दहित 

टीकापुरमा दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

Image
  जनता समाचार । टीकापुर कैलालीको टीकापुरमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका इन्चार्ज प्रहरी नायव निरीक्षक विनोदप्रसाद जोशीका अनुसार दुई वटा मोटरसाइकल ठोक्किँदा से ३ प ९७४६ नम्बरको मोटर साइकलमा सवार टीकापुर नगरपालिका २ का अन्जील कार्कीको मृत्यु भएको हो । टीकापुर अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो २ बजे उनको मृत्यु भएको हो । लु ७४ प नम्बरको मोटर साइकलमा सवार बर्दिया गुलरिया नगरपालिका ४ का विवश चौधरी र राजापुर नगरपालिका १ का प्रजापति चौधरी घाइते भएका छन् । घाइते दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको टीकापुर ट्राफिकले जनाएको छ ।दुई मोटरसाइकल टीकापुर नगरपालिका ४ अस्नेहरी स्थित टीकापुर खक्रौला सडक खण्डमा दिउसो १ः३० बजे दुर्घटना भएको थियो । शुक्रबार टीकापुर ट्राफिकले नियम उल्लंघन गरी सवारी साधन चलाउने मध्येका ३५ वटा सवारीसाधन नियन्त्रणमा लिएको समेत इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

बर्दिया उद्योग वाणिज्य संघको निर्वाचन चैत्र ८ गते हुने

Image
जनता समाचार । राजापुर बर्दिया उद्योग बाणिज्य संघको ३१औ बार्षिक  साधारण सभा सम्पन भएको छ । सभाले बिद्यान संसोधन गर्ने ,सदस्यता शुल्क रु २०५ बाट बढायर रु ५०५, लिने, उद्योग बाणिज्य संघको निर्वाचन चैत्र ८ गते गर्ने निर्णय गर्दै खुल्ला तथा बन्दसत्र सम्पन गरेको छ।  कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय  सदस्य चक्र अधिकारीले विशिष्ट अतिथिको आसन बाट बोल्दै संघ व्यापारीको साझा संस्था भएकोले राजनिति नगरी व्यापारीको हक हितमा कामगर्ने जिमेवारी लिएर आउनु पर्ने बताए। उनले भने -" व्यापारीले सबै क्षेत्रमा सहयोग गर्दै आएकाले जिल्लाको पुरानो बर्दिया उद्योग बाणिज्य संघको गरिमा ठुलो रहेकाले सबैले सहयोग गरेर अगाडि  बढाएमा यहाको बिकास हुने छ"।  सभामा राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष रमन कुमार रेग्मी ,नेकपा माओवादी केन्द्र राजापुर नगर कमिटीअध्यक्ष तथा वडा नं ८ का वडा अध्यक्ष चिन्तामणि आचार्य,नेकपा एमालेका जिल्ला सदस्य शिवमणि शर्मा,नेपाली कांग्रेस राजापुर नगर उपसभापति तथा वडानं १का अध्यक्ष खुशीराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी राज...

राजापुरमा जनयुद्धका शहीद र बेपत्ताका आफन्तलाई अभिनन्दन

Image
जनता समाचार । राजापुर जनयुद्धमा बलिदान दिएका शहीद तथा बेपत्ताका आफन्तलाई बर्दियाको राजापुरमा एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ।  राजापुर नगरपालिका वडा नं ५ खल्लाजयपुरमा आयोजना गरिएको शहीद सप्ताहको अन्तिम दिन शनिबार अभिनन्दन गरिएको हो। नेकपा माओवादी केन्द्र राजापुर नगर कमिटि अध्यक्ष चिन्तामणि आचार्य को अध्यक्षतामा आयोजना गरिएको सप्ताहमा संविधान सभा सदस्य मान बहादुर थारु ज्युको प्रमुख अतिथि रहनु भएको थियो भने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेश थारु विशिष्ट अतिथि,नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य सुरेश कुमार भुल लगायतको उपस्थिति रहेको थियो । (तस्बिर : प्रेम परियारको फेसबुक वालबाट)

राजापुर ८ को ओस्ताजपुरलाई थारु सांस्कृतिक नमूना गाउँ बनाइने

Image
  फाइल फोटो जनता समाचार । राजापुर बर्दियाको राजापुर  नगरपालिका  ८ अाेस्ताजपुर गाउँ  लाई थारु सांस्कृतिक नमुना पर्यटकीय  गाउँ निर्माणका  लागी सर्भे  सुरु भएको छ ।  १० वटा गाउँ टोल मिलेर बनेको वडा नं ८ स्थित ओस्ताजपुर वडा कै मध्य गाउँ भएकाले पर्यटकिय रूप लिन सक्ने वडा अध्यक्ष चिन्तामणि आचार्यले बताउनु भयो। 

दुर्घटनामा मृत थापाको आज अन्त्यष्टी, छोरीले दिइन् दागबत्ती

Image
जनता समाचार । राजापुर  शनिबार चन्द्रपुर नगरपालिका–४ बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका राज कुमार थापाको आज बर्दियाको राजापुर नगरपालिका ७ शंकरपुर स्थित अन्त्यष्टी गरिएको छ ।  स्वर्गिय थापाको पार्थिव शरीरमा १५ वर्षिय छाेरी रोशनी थापाले दागवत्ती दिएकी छन् ।  स्वर्गिय ४७ वर्षिय थापा नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य थिए । थापाको निधन प्रति नेपाली काङ्ग्रेस बर्दियाले गहिरो दुःख व्यक्त गर्दै क्षेत्रीय सभापती दिपक जङ्ग शाह र नेपाली काङ्ग्रेसका प्रदेश प्रतिनिधि तथा वार्ड न. ७ का अध्यक्ष मथुरा प्रसाद चौधरि लगायतले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । शनिबार स्वर्गिय थापा चढेको स्कार्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिँदा राजापुरमा स्कार्पियो रिजर्भ सेवा प्रदान गर्दै आएका राज कुमार थापा ( राजु)को निधन भएको थियो। चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा बा.१६ च ३८१२ नम्बरको स्कारपियोलाई ना.५ ख २३६९ नम्बरको बसले ठक्कर दिँदा थापा सहित दुई जनाको मृत्यु भएको हो । स्वर्गिय थापा स्याङजा घर भई राजापुरमा बस्दै आएका थिए । गम्भीर घाइते भएका १ जनाको चपुर प्रालि ...

दुर्घटनामा मृत थापाको आज राजापुरमा अन्त्यष्टी

Image
  जनता समाचार । राजापुर  शनिबार चन्द्रपुर नगरपालिका–४ बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका राज कुमार थापाको आज बर्दियाको राजापुर नगरपालिका ७ शंकरपुर स्थित अन्त्यष्टी गरिएको छ । शनिबार स्वर्गिय थापा चढेको स्कार्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिँदा राजापुरमा स्कार्पियो रिजर्भ सेवा प्रदान गर्दै आएका राज कुमार थापा ( राजु)को निधन भएको थियो। चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा बा.१६ च ३८१२ नम्बरको स्कारपियोलाई ना.५ ख २३६९ नम्बरको बसले ठक्कर दिँदा थापा सहित दुई जनाको मृत्यु भएको हो । स्वर्गिय थापा स्याङजा घर भई राजापुरमा बस्दै आएका थिए । गम्भीर घाइते भएका १ जनाको चपुर प्रालि अस्पतालमा र राजकुमारको चपुर प्रालि अस्पताल हुँदै नेशनल मेडिकल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको थियो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ ।