Skip to main content

लागु औषध न्युनिकरणका लागि विद्यार्थीलाई सचेतना


लागु औषध न्युनिकरण गर्न विद्यार्थीलाई सचेतना
जनता समाचार बर्दिया / लागु औषध न्युनिकरण गर्न युवा तथा विद्यार्थीलाई सचेतना गराईएको छ । गुलरिया नगरपालिका–६ को आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालय बर्दियाको सहजिकरण र वातावरण संरक्षण साईक्लिङ्ग समुहको आयोजनामा युवाहरुलाई सोमबार लागु औषध न्युनिकरण सम्बन्धि सचेतना गराईएको     हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले लागु औषधको हानीको बारेमा र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लागु औषध सम्बन्धि कानुनी प्रावधानको बारेमा युवाहरुलाई सचेत गराएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शाहीले लागु औषधले मानिसलाई शारिरीक तथा मानसिक रुपले अस्वस्थ्य बनाउने गरेको बताए ।‘लागु औषधको सेवनकर्ताले जस्तो सुकै अपराधिक घटना घटाउन सक्छ’ प्रहरी उपरीक्षक शाहीले भने, ‘लागु औषधले मानिसलाई अपराधिक घटना घटाउन उत्प्रेरित गर्छ ।’ लागु औषधको लतमा फसेका सेवनकर्ताले आफ्नै साथीभाईको हत्या, बलात्कार, चोरी डकैती जस्ता अपराधिक कार्यमा संलग्न भएको पाईन्छ । ‘

लागु औषध दुव्र्यसनीले स्वस्थ्य मानिसलाई नर्कतिर धकेल्छ’ प्रहरी उपरीक्षक शाहीले भने, ‘नेपाल अधिराज्य भरीको कारागारमा रहेका २१ प्रतिशत कैदीहरु लागु औषध सेवनका कारण विभिन्न अपराधिक कार्य गरेको पुष्टि भएको छ ।’ यस्तो कार्यमा नलाग्न कार्यक्रममा सहभागी युवाहरुलाई उनले पटक पटक आग्रह गरे । त्यस्ता कार्यमा लागेका साथीहरुलाई आफैले पहिचान गरि संगत नगर्नसमेत सुनाए । खाली समयमा अध्ययन गर्ने, खेल खेल्ने र शारिरीक व्यायम गर्ने तर लागु औषध दुव्र्यसनी जस्ता कार्यमा नलाग्न युवाहरुलाई जोड दिए । प्रहरीले नो ड्रग्स अभियानलाई निरन्तरता दिईरहेको छ । लागु औषध दुव्र्यसनीमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरिरहेको जानकारी गराए । समाजमा त्यस्ता कार्यमा संलग्न कोही भए प्रहरीलाई जानकारी गराउन प्रहरी उपरीक्ष शाहीले आग्रहसमेत गरे । लागु औषध महामरी जस्तै रहेको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले बताए । ‘लागु औषधका सेवनले मानिसहरुको दिनहुँ मृत्यु भईरहेको छ’ प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने,‘लागु औषध महामरीको जोखिमलाई न्युनिकरण गर्न सचेतना मुलक अभियान चलाउँन जरुरी छ ।’ ‘लागु औषध न्युनिकरण गर्न प्रहरीले मात्र सक्दैन’ अधिकृत देवकोटाले भने,‘लागु औषध न्युनिकरण अभियानमा सबैले आ–आफ्नो स्थानबाट भुमिका खेल्नुपर्छ ।’ सबैको प्रयासले समाज लागुऔषध मुक्त हुने उनले जोड दिए । - Farak Samachar,Bardiya

Comments