राजापुर बासीलाई खुशीको खबर । राजापुरमा जग्गा नाप जोख सुरु,स्थानिय हर्षित
राजापुरमा जग्गा नाप जोख सुरु,स्थानिय हर्षित
जनता समाचार । राजापुर
लामो समय देखि अलमलमा परेको जग्गा नाप जोखको काम अब छिट्टै हुने भएको छ । भुमी सम्बन्धि सम्पुर्ण समस्याहरु निर्मूल पार्न राष्ट्रिय भूमि आयोगले कदम अघि सारेको हो ।
राष्ट्रिय भुमी आयोग राजापुर बर्दियाले राजापुर नगरपालिका स्थित वडा न.५ झप्टी गाउँबाट जग्गा नाप जोखको कार्य प्रारम्भ गरेको छ। झप्टी गाउँबाट प्रारम्भ नापी कार्यमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारु,राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी,उप प्रमुख मनकला कुमारी चौधरी,राजापुर नगरपालिका प्रशासन शाखा प्रमुख खड्क ओली ,वडा नं ५ का अध्यक्ष राम बहादुर थारु,समाजसेवी, स्थानीय लगायत सहभागि थिए।
जग्गा नाप जाेख को कार्य सुरु भएपछि स्थानीय बासी हरु लाल पुर्जा पाउने आशामा हर्षित भएका छन् ।
तस्बिर : रमेश दहित



Comments
Post a Comment