बदालपुर स्वास्थ्य चौकीलाई कतारको एम्बुलेन्स सहयोग
जनता समाचार । राजापुर
बर्दियाको राजापुर नगरपालिका वडा नं ५ स्थित रहेको बदालपुर स्वास्थ्य चौकीले अब एम्बुलेन्स सेवा सुचारु गर्ने भएको छ ।
सो एम्बुलेन्स कतार च्यारिटी एण्ड (एल आई डि ओ) नेपालको सहयोगमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले प्रदान गरेको जनाइएको छ ।
सो एम्बुलेन्स कतार च्यारिटी एण्ड (एल आई डि ओ) नेपालको सहयोगमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले प्रदान गरेको जनाइएको छ ।
आउँदा दिनहरुमा सो क्षेत्रका बिरामीहरूले उपचारका निम्ति एम्बलेन्सको सुविधा लिन पाउने भएका हुन् ।मन्त्रालयले स्वास्थ्य चौकी लाई ख वर्ग को एम्बुलेन्स प्रदान गरेको हो ।



Comments
Post a Comment