दुर्घटनामा मृत थापाको आज अन्त्यष्टी, छोरीले दिइन् दागबत्ती
जनता समाचार । राजापुर
शनिबार चन्द्रपुर नगरपालिका–४ बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका राज कुमार थापाको आज बर्दियाको राजापुर नगरपालिका ७ शंकरपुर स्थित अन्त्यष्टी गरिएको छ ।
स्वर्गिय थापाको पार्थिव शरीरमा १५ वर्षिय छाेरी रोशनी थापाले दागवत्ती दिएकी छन् ।
स्वर्गिय ४७ वर्षिय थापा नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य थिए । थापाको निधन प्रति नेपाली काङ्ग्रेस बर्दियाले गहिरो दुःख व्यक्त गर्दै क्षेत्रीय सभापती दिपक जङ्ग शाह र नेपाली काङ्ग्रेसका प्रदेश प्रतिनिधि तथा वार्ड न. ७ का अध्यक्ष मथुरा प्रसाद चौधरि लगायतले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।
शनिबार स्वर्गिय थापा चढेको स्कार्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिँदा राजापुरमा स्कार्पियो रिजर्भ सेवा प्रदान गर्दै आएका राज कुमार थापा ( राजु)को निधन भएको थियो।
चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा बा.१६ च ३८१२ नम्बरको स्कारपियोलाई ना.५ ख २३६९ नम्बरको बसले ठक्कर दिँदा थापा सहित दुई जनाको मृत्यु भएको हो ।
स्वर्गिय थापा स्याङजा घर भई राजापुरमा बस्दै आएका थिए । गम्भीर घाइते भएका १ जनाको चपुर प्रालि अस्पतालमा र राजकुमारको चपुर प्रालि अस्पताल हुँदै नेशनल मेडिकल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।
दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
Post a Comment