बर्दिया उद्योग वाणिज्य संघको निर्वाचन चैत्र ८ गते हुने

जनता समाचार । राजापुर

बर्दिया उद्योग बाणिज्य संघको ३१औ बार्षिक  साधारण सभा सम्पन भएको छ । सभाले बिद्यान संसोधन गर्ने ,सदस्यता शुल्क रु २०५ बाट बढायर रु ५०५, लिने, उद्योग बाणिज्य संघको निर्वाचन चैत्र ८ गते गर्ने निर्णय गर्दै खुल्ला तथा बन्दसत्र सम्पन गरेको छ। 

कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय  सदस्य चक्र अधिकारीले विशिष्ट अतिथिको आसन बाट बोल्दै संघ व्यापारीको साझा संस्था भएकोले राजनिति नगरी व्यापारीको हक हितमा कामगर्ने जिमेवारी लिएर आउनु पर्ने बताए। उनले भने -" व्यापारीले सबै क्षेत्रमा सहयोग गर्दै आएकाले जिल्लाको पुरानो बर्दिया उद्योग बाणिज्य संघको गरिमा ठुलो रहेकाले सबैले सहयोग गरेर अगाडि  बढाएमा यहाको बिकास हुने छ"। 

सभामा राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष रमन कुमार रेग्मी ,नेकपा माओवादी केन्द्र राजापुर नगर कमिटीअध्यक्ष तथा वडा नं ८ का वडा अध्यक्ष चिन्तामणि आचार्य,नेकपा एमालेका जिल्ला सदस्य शिवमणि शर्मा,नेपाली कांग्रेस राजापुर नगर उपसभापति तथा वडानं १का अध्यक्ष खुशीराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी राजापुर नगर अध्यक्ष केशव थापा लगाएतले बजारलाई व्यवस्थापन गर्न तर्फ संघले भूमिका खेल्नु पर्ने र राजनीतिक अवधारणा न राखी निष्पक्ष रुपमा रही संघको हितमा काम गर्ने व्यक्तिलाई रोज्नु पर्ने बताउँदै शुभकामना   दिए । - (खबर बर्दियाबाट)

Comments