राजापुरमा जनयुद्धका शहीद र बेपत्ताका आफन्तलाई अभिनन्दन
जनता समाचार । राजापुर
जनयुद्धमा बलिदान दिएका शहीद तथा बेपत्ताका आफन्तलाई बर्दियाको राजापुरमा एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ।
राजापुर नगरपालिका वडा नं ५ खल्लाजयपुरमा आयोजना गरिएको शहीद सप्ताहको अन्तिम दिन शनिबार अभिनन्दन गरिएको हो।
नेकपा माओवादी केन्द्र राजापुर नगर कमिटि अध्यक्ष चिन्तामणि आचार्य को अध्यक्षतामा आयोजना गरिएको सप्ताहमा संविधान सभा सदस्य मान बहादुर थारु ज्युको प्रमुख अतिथि रहनु भएको थियो भने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेश थारु विशिष्ट अतिथि,नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य सुरेश कुमार भुल लगायतको उपस्थिति रहेको थियो । (तस्बिर : प्रेम परियारको फेसबुक वालबाट)
Comments
Post a Comment