Posts

Showing posts from July, 2021

राजापुरमा ब्राउन सुगर सहित १ जना पक्राउ

Image
जनता समाचार । राजापुर बर्दियाको राजापुरमा ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन । राजापुर नगरपालिका -३ मुरैया-टेडिया सडक खण्डबाट ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित गेरुवा गाउँपालिका-६ बेलभरियाका २९ बर्षिय रबीन थारु पक्राउ परेका हुन । गेरुवा बाट टेडिया तर्फ आउँदै गरेका थारुले चलाई ल्याएको से.१.प ७८१४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सो लागु औषध (ब्राउन सुगर) फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । फेला परेको लागु औषध र मोटरसाईकल सहित उनलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

राजापुरमा वडा अध्यक्ष आचार्यले जिल्लामै पहिलो पटक ल्याए यस्तो योजना

Image
  शक्ति परियार । राजापुर राजापुर  नगरपालिका वडा नं ८ का अध्यक्ष चिन्तामणि आचार्यले जिल्लामै पहिलो पटक विभिन्न नयाँ योजना ल्याउनु भएको छ । आर्थिक बर्ष २०७८/७९ को नगर सभामा वडा अध्यक्ष आचार्यले जिल्लामै नयाँ योजना प्रस्तुत गर्नु भएको हो । आचार्यले विकास निर्माण  र लक्षित वर्गका कार्यक्रमलाई यथावत राख्दै थप नयाँ कार्यक्रमलाई जोड दिनु भएको हो । नयाँ कार्यक्रममा गाउँको प्रमुख बडघर कार्यक्रम अन्तर्गत यस क्षेत्रमा गाउँको मुखिया अर्थात् बडघर प्रथाको सम्मान गर्दै यातायात तथा  सन्चार खर्च स्वरुप मासिक १ हजार रुपैयाँ  उपलब्ध गराउने भएको छ ।   त्यस्तै वडा मेरो अभिभावक कार्यक्रम अन्तर्गत बाबु आमा नभएका टुहुरा बालबालिका का लागि मासिक भत्ता स्वरूप मासिक १ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । वडाले पछिल्लो समयमा वडा बासीको घर घरमा भेट घाट तथा राय बुझ्ने कार्य गर्दै आएकोमा यस आर्थिक वर्ष देखि घर आँगनमा वडा कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसमा ७० बर्ष उमेर माथिका सबै जेष्ठ नागरिकको सुगर, प्रेसर, दम लगायत स्वास्थ्य जाँच गरि घरमै औषधि उपचार तथा परामर्श सेवा दिने भएको हो ।...

राजापुरमा युवा सञ्जालद्वारा हेल्प डेस्क स्थापना

Image
शक्ति परियार । राजापुर बर्दियाको राजापुर नगरपालिका ३ नं. वडा कार्यालयमा सेवाग्राहीलाई सहज र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले वडा स्तरीय युवा सन्जालद्वारा युथ हेल्प डेस्क स्थापना गरिएको छ । टाढा बाट वडामा आउने सेवा ग्राहीहरुका लागि सहयोग पुर्याउने उद्देश्यले यो डेस्कको स्थापना गरिएको सञ्जालका रामहरि चौंलागाँई ले बताउनु भयो ।  वडामा फोटो कपि गर्न तथा निवेदन लेख्ने जस्ता कामका लागि सेवा ग्राहिलाई सहज हुने भएको  चौंलागाँईले बताउनु भयो । आईतबार वडामा एक कार्यक्रम को आयोजना गरी हेल्प डेस्कको स्थापना गरिएको हो। 

दुखःद खबर नदीमा नुहाउन गएका दाजु बहिनी बेपत्ता

Image
 शक्ति परियार । गेरुवा गेरुवा गाँउपालिका वडा नं ६ का १४ बर्षिय संदीप बिक र उनकि ८ बर्षिय बहिनी दिलमाया बिक गेरुवा नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका छन् । साथीहरु संग खेल्दै घर नजिकै रहेको सैजना नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका हुन् । शुक्रबार बिहान करिब ११ बजे संदीप,दिलमाया सँगै बर्दिया मधुवन नगरपालिका कैलासी बाट पाहुना आएका आकृति र प्रशान्त बिक समेत गएका गेरुवा गाँउपालिका कार्यपालिका सदस्य बम बहादुर बिक जानकारी दिनुभयो । बहिनी दिलमाया पानीमा डुब्दै गरेका बेला बहिनीलाई बचाउन गएका दाजु संदीप समेत पानीको बहाव उच्च रहेकाले डुबेका थिए । घटना पछि सँगै गएका दुई बालकले घरमा खबर गरेपछि सीमा प्रहरी चौकी मनाऊ को प्रहरी र स्थानियबासी खोजी कार्यमा लागेका छन् । बेपत्ता संदीप र दिलमाया को अहिले सम्म कुनै पत्ता लागेको छैन भने खोजी कार्य तिब्र पारिएको छ ।

बर्दियामा उत्कृष्ट कार्य गरेका शिक्षकहरू सम्मानित

Image
शक्ति परियार । राजापुर शिक्षा तथा सामाजिक विकास मन्त्रालयले बर्दियाका ८ वटै पालिकाका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कार प्रदान गरी सम्मान गरेको छ । शिक्षण क्षेत्रमा विद्यार्थीहरुको मनोबल बढाउँदै गुणस्तरिय शिक्षण सेवा दिने राजापुर नगर पालिका तर्फ अमर शहिद श्री दशरथ चन्द माध्यमिक बिद्यालयका प्रधानाध्यापक सरोज कुमार झा, शिक्षक पुरुषोत्तम खनाल,नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय नयाँ गाउँका शिक्षक मोहन सिग्देल र गेरूवा गाउँपालिका तर्फ एक प्रिय राठोर माध्यमिक बिद्यालय शान्तिबजारका प्रधानाध्यापक प्रकाश शाही लगायतलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको हो ।

भुरीगाँउमा प्रहरीको सम्मानित काम

Image
"सड्कमा बेहोस भई लडेका वृद्धको उपचार गरे" शक्ति परियार । भुरिगाउँ बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित भुरीगाउँ बजारमा बेहोस भई लडिरहेको अवस्थामा प्रहरीले एक जनाको उद्दार गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नं. १ बस्ने अन्दाजी वर्ष ३६ को भक्तबहादुर क्षेत्री भुरीगाउँ बजारमा एक्कासी बेहोस भई सडकमा लड्न पुगेको अवस्थामा ईलाका पहरी कार्यालय. बगनाहाको टोलीले उद्दार गरेको हो ।  क्षेत्रीको टाउँकोमा चोट लागी रगत बगिरहेको अवस्थामा प्रहरीले प्राथमिक उपचार पश्चात स्थानीय मेडिकलमा पठाएको थियो। क्षेत्री सडकमा घाईते अवस्थामा देख्दा देख्दै पनि स्थानिय मुक दर्शक भएर बसे तर उनलाई के भयो भनेर कसैले पनि नसोधेको ईलाका प्रहरी कार्यालय बगनाहले जनाएको छ । मृगि रोगले लडेको र यस्तो मान्छेलाई छुँदा आफूमा सर्न सक्ने भन्ने गलत विचारका कारणले क्षेत्री अफ्ठेरोमा परेका थिए । समयमा बगनाह प्रहरीको टोलीले उद्दार नगरेको भए क्षेत्रीको अवस्था गम्भीर हुन सक्ने प्रहरीले जनाएको छ । रूढिवादी सोच नराखी जोखीममा परेका,घाईते मानिसको आफूले सक्दो सहयोग गर्न ईलाका प्रहरी कार्यालय बगनाह बर्दियाले आमनागरिकमा अपील गरेको छ।

राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरियो

Image
शक्ति परियार/राजापुर बर्दियाको राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । शनिबार राजापुर स्वास्थ्य नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूणर् खोप सुनिश्चितता घोषणा गरेको हो । पालिकामा २०७७ फाल्गुन १० गते सम्म १६ महिना पुगि २३ महिना सम्मका ७२५ जना बालबालिकालाई पूणर् रुपमा खोप प्रदान गरिएको राजापुर स्वास्थ्य शाखा प्र्रमुख गणेश अर्यालले बताउनुभयो । गत जेष्ठ ३० गते राजापुर नगरपालिका खोप समन्वय समितिको बैठकले जिल्ला खोप समन्वय समितिमा सिफारिस गरेकोमा शनिबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार,जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी,राजापुर नगरपालिका १० वटै वडाका वडा अध्यक्ष,वडा स्वास्थ्य चौकीका इन्चार्ज,सञ्चारकर्मि लगायतको उपस्थितीमा पालिकालाई पूणर् खोप सुनिश्चितता घोषणा गरिएको हो । पालिकामा ६८ हजार २ सय ५९ जनसंख्या रहेकोमा १ वर्ष मुनिका बालबालिका १ हजार ४ सय २५,जिवित जन्म १ हजार ४ सय ७८,अनुमानित गर्भवति १ हजार ७ सय ४३,५ वर्ष मूनिका बालबालिका ५ हजार ९ सय ८७  र प्रजनन् उमेरका विवाहित दम्पति १५ हजार ७ सय ६६ जना रहेको राजापुर स्वास्थ्य शाखा प्...

राजापुर विद्युतले जरिवाना सहित बिल असुली गर्दै

Image
शक्ति परियार । राजापुर कोरोना संक्रमणका कारण समयमा बुझाउन नसकिएको नेपाल विद्युत प्राधिकरण राजापुर अन्तर्गतको महसुलमा जरिवाना सहित असुली रहेको उपभोक्ताले गुनासाे गरेका छन्। प्राधिकरणले बिहीबार प्रकाशन गरेको सूचनामा जरिवाना नलाग्ने भनिएता पनि जरिवाना असुली रहेको उपभोक्ताले सामाजिक सञ्जाल मार्फत व्यापक गुनासाे गरेका छन् । 

राजापुरमा शव व्यवस्थापनका लागि युनिक सहयोग

Image
शक्ति परियार । राजापुर बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रको पोष्टमार्टम सेन्टरलाई ब्यवस्थित गर्न युनिक नेपाल बर्दियाले राजापुर नगरपालिकालाई तीन लाख रुपैया सहयोग गरेको छ । युनिक नेपालले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपकरण सहयोग कार्यक्रम रहेकोमा राजापुर नगरपालिका मार्फत राजापुर स्वास्थ्य केन्द्रलाई सो सामाग्रीका लागि नगद रहयोग गरेको हो । शवको व्यवस्थापन गर्नका मर्चुअरी च्याम्बर सिंगल बडी किन्नका लागि सहयोग गरेको युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले बताउनु भयो । ४ लाख ९५ हजार पर्ने सो च्याम्बरका लागि युनिक नेपालले चेक मार्फत . ३ लाख सहयोग गरेको छ भने राजापुर नगरपालिकाले १ लाख ९५ हजार थप गरी खरिद गर्ने भएको छ ।

राजापुरमा भूमिहिन सुकुम्बासीको लगत संकलन इकाई नाप नक्सा आज देखि शुरु

Image
शक्ति परियार । राजापुर बर्दियाको राजापुर नगरपालिका स्थित वडा नं ८ मा भूमि सम्बन्धी लगत संकलन इकाई नाप नक्सा आज देखि सुरु भएको छ । आज देखि शुरु भएको नाप नक्सा भाद्र मसान्त सम्म सम्पन्न भै पुर्जा वितरण गरिने भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति अध्यक्ष भीम केसीले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नापी गर्न आएका  कर्मचारी कसैले काम गरे बापत सर्वसाधारणबाट रकम मागेमा कारबाही गरिने बताए। यसपटक बर्दिया जिल्ला मै पहिलो पटक राजापुर देखि नाप नक्साको कार्य सुरु भएको हो ।  शुभारम्भ कार्यक्रममा ८ नं वडाको अध्यक्ष चिन्तामणि आचार्य,नगर प्रमुख शिव प्रसाद चौधरी, भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति अध्यक्ष भीम केसी ,माओवादी केन्द्रका राजेश थारु,नेपाली कांग्रेसका लोकराज जैसी,नेकपा क्रान्तिकारीका भक्तराम काफ्ले,आयोगका विज्ञ सदस्य नुतन चौधरी,सदस्य भक्त बहादुर विक लगायतको सहभागिता रहेको थियो ।