राजापुरमा भूमिहिन सुकुम्बासीको लगत संकलन इकाई नाप नक्सा आज देखि शुरु
शक्ति परियार । राजापुर
बर्दियाको राजापुर नगरपालिका स्थित वडा नं ८ मा भूमि सम्बन्धी लगत संकलन इकाई नाप नक्सा आज देखि सुरु भएको छ । आज देखि शुरु भएको नाप नक्सा भाद्र मसान्त सम्म सम्पन्न भै पुर्जा वितरण गरिने भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति अध्यक्ष भीम केसीले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नापी गर्न आएका कर्मचारी कसैले काम गरे बापत सर्वसाधारणबाट रकम मागेमा कारबाही गरिने बताए।
यसपटक बर्दिया जिल्ला मै पहिलो पटक राजापुर देखि नाप नक्साको कार्य सुरु भएको हो ।
शुभारम्भ कार्यक्रममा ८ नं वडाको अध्यक्ष चिन्तामणि आचार्य,नगर प्रमुख शिव प्रसाद चौधरी, भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति अध्यक्ष भीम केसी ,माओवादी केन्द्रका राजेश थारु,नेपाली कांग्रेसका लोकराज जैसी,नेकपा क्रान्तिकारीका भक्तराम काफ्ले,आयोगका विज्ञ सदस्य नुतन चौधरी,सदस्य भक्त बहादुर विक लगायतको सहभागिता रहेको थियो ।



Comments
Post a Comment