भुरीगाँउमा प्रहरीको सम्मानित काम

"सड्कमा बेहोस भई लडेका वृद्धको उपचार गरे"

शक्ति परियार । भुरिगाउँ

बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित भुरीगाउँ बजारमा बेहोस भई लडिरहेको अवस्थामा प्रहरीले एक जनाको उद्दार गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नं. १ बस्ने अन्दाजी वर्ष ३६ को भक्तबहादुर क्षेत्री भुरीगाउँ बजारमा एक्कासी बेहोस भई सडकमा लड्न पुगेको अवस्थामा ईलाका पहरी कार्यालय. बगनाहाको टोलीले उद्दार गरेको हो । 

क्षेत्रीको टाउँकोमा चोट लागी रगत बगिरहेको अवस्थामा प्रहरीले प्राथमिक उपचार पश्चात स्थानीय मेडिकलमा पठाएको थियो। क्षेत्री सडकमा घाईते अवस्थामा देख्दा देख्दै पनि स्थानिय मुक दर्शक भएर बसे तर उनलाई के भयो भनेर कसैले पनि नसोधेको ईलाका प्रहरी कार्यालय बगनाहले जनाएको छ । मृगि रोगले लडेको र यस्तो मान्छेलाई छुँदा आफूमा सर्न सक्ने भन्ने गलत विचारका कारणले क्षेत्री अफ्ठेरोमा परेका थिए । समयमा बगनाह प्रहरीको टोलीले उद्दार नगरेको भए क्षेत्रीको अवस्था गम्भीर हुन सक्ने प्रहरीले जनाएको छ । रूढिवादी सोच नराखी जोखीममा परेका,घाईते मानिसको आफूले सक्दो सहयोग गर्न ईलाका प्रहरी कार्यालय बगनाह बर्दियाले आमनागरिकमा अपील गरेको छ।

Comments