राजापुरमा वडा अध्यक्ष आचार्यले जिल्लामै पहिलो पटक ल्याए यस्तो योजना
शक्ति परियार । राजापुर
राजापुर नगरपालिका वडा नं ८ का अध्यक्ष चिन्तामणि आचार्यले जिल्लामै पहिलो पटक विभिन्न नयाँ योजना ल्याउनु भएको छ । आर्थिक बर्ष २०७८/७९ को नगर सभामा वडा अध्यक्ष आचार्यले जिल्लामै नयाँ योजना प्रस्तुत गर्नु भएको हो । आचार्यले विकास निर्माण र लक्षित वर्गका कार्यक्रमलाई यथावत राख्दै थप नयाँ कार्यक्रमलाई जोड दिनु भएको हो । नयाँ कार्यक्रममा गाउँको प्रमुख बडघर कार्यक्रम अन्तर्गत यस क्षेत्रमा गाउँको मुखिया अर्थात् बडघर प्रथाको सम्मान गर्दै यातायात तथा सन्चार खर्च स्वरुप मासिक १ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
त्यस्तै वडा मेरो अभिभावक कार्यक्रम अन्तर्गत बाबु आमा नभएका टुहुरा बालबालिका का लागि मासिक भत्ता स्वरूप मासिक १ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
वडाले पछिल्लो समयमा वडा बासीको घर घरमा भेट घाट तथा राय बुझ्ने कार्य गर्दै आएकोमा यस आर्थिक वर्ष देखि घर आँगनमा वडा कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसमा ७० बर्ष उमेर माथिका सबै जेष्ठ नागरिकको सुगर, प्रेसर, दम लगायत स्वास्थ्य जाँच गरि घरमै औषधि उपचार तथा परामर्श सेवा दिने भएको हो ।
यस्तै जनता संग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत सबै वडा बासिको गुनासो र जिज्ञासाको रेडियो मार्फत प्रत्यक्ष सुनुवाइ गरिने वडा अध्यक्ष आचार्यले बताउनु भयो । वडा अध्यक्ष आचार्यले गत वर्ष देखि सबैले चाहेको आम बचाऔं, छोरी हुर्काउ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो कार्यक्रममा छोरी जन्माउने आमाले सुत्केरी पोषण अन्तर्गत ५ हजार रुपैयाँ पाउँदै आएका छन् । कोरोना महामारीका कारण जारी बन्दा बन्दीको समयमा समेत वडा अध्यक्ष आचार्यले वडा बासी का घर घरमा पुगी कोरोना बाट सुरक्षित रहन परामर्श,कोरोना पोजेटिभ लाई अण्डा तथा फलफूल,मास्क,स्यानि टाइजर लगायत वितरण गर्नुका साथै वस्ती वस्तीमा माइकिङ समेत गर्नु भएको थियो । त्यस्तै कोरोना का कारण रोजगार गुमाइ घरमा बसेका अति विपन्न परिवारलाई खाद्यान्न समेत वितरण गर्नु भएको थियो । चालू आर्थिक वर्षमा ल्याएका यी नयाँ कार्यक्रमलाई आगामी दिनहरुमा अझैं नयाँ ढङ्गले सञ्चालन गरिने वडा अध्यक्ष आचार्यले जनता समाचारलाई बताउनु भयो।

Great work dear daju🙏🙏💖💖🙏
ReplyDelete