राजापुरमा शव व्यवस्थापनका लागि युनिक सहयोग

शक्ति परियार । राजापुर

बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रको पोष्टमार्टम सेन्टरलाई ब्यवस्थित गर्न युनिक नेपाल बर्दियाले राजापुर नगरपालिकालाई तीन लाख रुपैया सहयोग गरेको छ । युनिक नेपालले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपकरण सहयोग कार्यक्रम रहेकोमा राजापुर नगरपालिका मार्फत राजापुर स्वास्थ्य केन्द्रलाई सो सामाग्रीका लागि नगद रहयोग गरेको हो । शवको व्यवस्थापन गर्नका मर्चुअरी च्याम्बर सिंगल बडी किन्नका लागि सहयोग गरेको युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले बताउनु भयो । ४ लाख ९५ हजार पर्ने सो च्याम्बरका लागि युनिक नेपालले चेक मार्फत . ३ लाख सहयोग गरेको छ भने राजापुर नगरपालिकाले १ लाख ९५ हजार थप गरी खरिद गर्ने भएको छ ।

Comments