बर्दियामा उत्कृष्ट कार्य गरेका शिक्षकहरू सम्मानित
शक्ति परियार । राजापुर
शिक्षा तथा सामाजिक विकास मन्त्रालयले बर्दियाका ८ वटै पालिकाका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कार प्रदान गरी सम्मान गरेको छ । शिक्षण क्षेत्रमा विद्यार्थीहरुको मनोबल बढाउँदै गुणस्तरिय शिक्षण सेवा दिने राजापुर नगर पालिका तर्फ अमर शहिद श्री दशरथ चन्द माध्यमिक बिद्यालयका प्रधानाध्यापक सरोज कुमार झा, शिक्षक पुरुषोत्तम खनाल,नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय नयाँ गाउँका शिक्षक मोहन सिग्देल र गेरूवा गाउँपालिका तर्फ एक प्रिय राठोर माध्यमिक बिद्यालय शान्तिबजारका प्रधानाध्यापक प्रकाश शाही लगायतलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको हो ।

Comments
Post a Comment