राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरियो

शक्ति परियार/राजापुर

बर्दियाको राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । शनिबार राजापुर स्वास्थ्य नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूणर् खोप सुनिश्चितता घोषणा गरेको हो । पालिकामा २०७७ फाल्गुन १० गते सम्म १६ महिना पुगि २३ महिना सम्मका ७२५ जना बालबालिकालाई पूणर् रुपमा खोप प्रदान गरिएको राजापुर स्वास्थ्य शाखा प्र्रमुख गणेश अर्यालले बताउनुभयो । गत जेष्ठ ३० गते राजापुर नगरपालिका खोप समन्वय समितिको बैठकले जिल्ला खोप समन्वय समितिमा सिफारिस गरेकोमा शनिबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार,जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी,राजापुर नगरपालिका १० वटै वडाका वडा अध्यक्ष,वडा स्वास्थ्य चौकीका इन्चार्ज,सञ्चारकर्मि लगायतको उपस्थितीमा पालिकालाई पूणर् खोप सुनिश्चितता घोषणा गरिएको हो । पालिकामा ६८ हजार २ सय ५९ जनसंख्या रहेकोमा १ वर्ष मुनिका बालबालिका १ हजार ४ सय २५,जिवित जन्म १ हजार ४ सय ७८,अनुमानित गर्भवति १ हजार ७ सय ४३,५ वर्ष मूनिका बालबालिका ५ हजार ९ सय ८७  र प्रजनन् उमेरका विवाहित दम्पति १५ हजार ७ सय ६६ जना रहेको राजापुर स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गोकणर् गिरीले समुदायमा मातृ शिशुको कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिनुपर्ने बताउनु भयो । यो अभियानले समुदायमा शिशु मृत्युदर कमि आउन सक्ने प्रमुख गिरीको ठम्याई रहेको छ । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले लुम्बिनि प्रदेशमा सबै भन्दा पछाडी रहेको जिल्ला बर्दिया भन्दै यो कार्यक्रम निरन्तर रुपमा संचालन गर्न स्वास्थ्यकर्मिसंग आग्रह गर्नुभयो । नगर प्रमुख शिव प्रसाद चौधरीले पालिकालाई पूणर् खोप सुनिश्चितता घोषणा गरिएकोमा खुशी व्यक्त गर्नुभयो । नगर प्रमुख चौधरीले आगामी दिनहरुमा थप नयाँ कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।

Comments