दुखःद खबर नदीमा नुहाउन गएका दाजु बहिनी बेपत्ता




 शक्ति परियार । गेरुवा

गेरुवा गाँउपालिका वडा नं ६ का १४ बर्षिय संदीप बिक र उनकि ८ बर्षिय बहिनी दिलमाया बिक गेरुवा नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका छन् । साथीहरु संग खेल्दै घर नजिकै रहेको सैजना नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका हुन् । शुक्रबार बिहान करिब ११ बजे संदीप,दिलमाया सँगै बर्दिया मधुवन नगरपालिका कैलासी बाट पाहुना आएका आकृति र प्रशान्त बिक समेत गएका गेरुवा गाँउपालिका कार्यपालिका सदस्य बम बहादुर बिक जानकारी दिनुभयो । बहिनी दिलमाया पानीमा डुब्दै गरेका बेला बहिनीलाई बचाउन गएका दाजु संदीप समेत पानीको बहाव उच्च रहेकाले डुबेका थिए । घटना पछि सँगै गएका दुई बालकले घरमा खबर गरेपछि सीमा प्रहरी चौकी मनाऊ को प्रहरी र स्थानियबासी खोजी कार्यमा लागेका छन् । बेपत्ता संदीप र दिलमाया को अहिले सम्म कुनै पत्ता लागेको छैन भने खोजी कार्य तिब्र पारिएको छ ।

Comments