राजापुरमा युवा सञ्जालद्वारा हेल्प डेस्क स्थापना
शक्ति परियार । राजापुर
बर्दियाको राजापुर नगरपालिका ३ नं. वडा कार्यालयमा सेवाग्राहीलाई सहज र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले वडा स्तरीय युवा सन्जालद्वारा युथ हेल्प डेस्क स्थापना गरिएको छ । टाढा बाट वडामा आउने सेवा ग्राहीहरुका लागि सहयोग पुर्याउने उद्देश्यले यो डेस्कको स्थापना गरिएको सञ्जालका रामहरि चौंलागाँई ले बताउनु भयो ।
वडामा फोटो कपि गर्न तथा निवेदन लेख्ने जस्ता कामका लागि सेवा ग्राहिलाई सहज हुने भएको चौंलागाँईले बताउनु भयो । आईतबार वडामा एक कार्यक्रम को आयोजना गरी हेल्प डेस्कको स्थापना गरिएको हो।

Comments
Post a Comment