राजापुरमा गौरी दाईको स्टिमर बग्यो, सशस्त्र प्रहरीद्धारा १२ जनाको उद्धार

शक्ति परियार भदौ २५,बर्दियाको राजापुर नगरपालिका वडा नं १ दौलतपुरघाट स्थित संचालनमा रहेको स्टिमर डुङ्गा  बगेपछि शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरको टोलीले १२ जनाको उद्दार गरेको छ।

शुक्रबार बेलुका साढे ५ बजेको समयमा कैलालीबाट बर्दिया तर्फ आउने क्रममा कर्णाली नदीको बिच भागमा अचानक डुङ्गाको पंखामा समस्या आएपछि बगेको थियो । 

घटनाबारे स्थानियले खबर गरेसँगै शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरका प्रहरी निरीक्षक आशिष राउतको कमाण्डमा ७ जना विपत उद्दार तालिम प्राप्त सशस्त्र प्रहरी र कर्मचारीको टोलीले डुङ्गामा सवार १२ जनाको सकुशल उद्दार गरेका हुन्।टोलीले राजापुर नगरपालिका ३ तिघ्रा बाट बोर्ट को सहायताले डुङ्गामा सवार यात्रु सहित डुङ्गा र डुङ्गामा रहेका ३ वटा मोटरसाइकल को उद्दार गरेका छन्।

Comments

Post a Comment