बाघको आक्रमणबाट राजापुरका एक वृद्धको मृत्यु
बर्दिया राष्ट्रिय निकुन्जका अनुसार चौधरीलाई सोमबार दिउसो साढे एक बजेतिर बाघले आक्रमण गरी जंगलतीर लगेको थियो । बाघले आक्रमण गरेको खवर पाए पस्चात निकुन्जवाट तीनवटा हात्तीमा आएको निकुन्ज टोलीसहित सेना प्रहरी र स्थानीयको सहयोगमा खोजी गरी बेलुकी करीव ६ बजेतीर लास भेटीएको निकुन्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए । ‘चौधरीको पछाडीको भाग बाघले खाएको अवस्थामा लास भेटीएको छ’ उनले भने ।
यसअघि दुई महिना अघि गत पुस १७ गते मोटरसाइकलमा सवार कैलालीको लम्कीकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो । बर्दिया निकुन्जमा बाघको संख्या बढेसंगै मानिसमाथी आक्रमणका घटका बढीरहेकोले स्थानीयवासी त्रसीत भएका छन् ।

Comments
Post a Comment