राजापुरमा किशोर सिंह राठौरको गर्जन‘हामी विवादित छैनौ’
शक्ति परियार । राजापुर, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले आफुहरु विवादित नभएको बताउनुभयो । पार्टी भित्रपनि काँग्रेस नेताहरुमा विवादका कुराहरु भ्रम भएको नेता राठौरले भन्नुभयो । मंगलबार बर्दियाको राजापुरमा नेपाली काँग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको क्षेत्रीय भेला जेष्ठ नागरिक बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौरले आफुहरु पार्टी एकतामा लागिरहेको भन्दै गुट उपगुटको हल्ला भएपनि नेपाली काँग्रेस एकै ठाउँमा भएको भन्नुभयो । कम्युनिष्टले सधैं झुठा आश्वाशन दिदैं आएको यस क्षेत्रमा जनताको भावना बुझ्दै स्थानीय तह देखि केन्द्रिय तहसम्म पार्टीलाई बलियो बनाउन सबै कार्यकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।बर्दिया विकासका कुराहरुमा बोल्दै नेता राठौरले बाँकेको नेपालगंज पछिको दोस्रो बजार राजापुरको विकास गर्न नसकेको भन्नुभयो । काँग्रेस सरकारमा रहेपनि नरहेपनि यस क्षेत्रको समग्र विकासका लागि काँग्रेस उम्मेदवारहरुले जिम्मेवार पूर्ण काम गर्नुपर्ने र विकासका कार्यलाई अघि सार्न समेत उहाँले जोड दिनुभयो । काँग्रेसबाट विभिन्न स्थानीय तहहरुमा निर्वाचित भई विजय भएका जनप्रतिनिधीहरुले आफ्नो कार्यकालमा के कस्ता कामहरु गरे भन्ने बारेमा आफु अनुगमन गर्ने उहाँले भन्नुभयो । २०७० सालमा भएको निर्वाचन सम्झदैं उहाँले भन्नुभयो — ‘मैले जितेर पनि हारें,मनमा त्यो पिडा थियो । त्यो समयमा आफ्ना केही साथीहरुबाट नै घात भएको थियो ।’ पार्टी भित्र प्रवेश गरी सकेपछि राष्ट्रका लागि सेवा गर्ने सोच हुनुपर्नेमा आपसी समस्याका कारण पार्टी माथी घात गर्नु मुख्र्याई भएको उहाँले भन्नुभयो । ‘म विजय नहुनुमा पछिल्ला दिनहरुमा मबाट भएका केही त्रुटीहरु समेत मैले मनन गरेको छु,जिवन पाठशाला हो,काम गर्ने क्रममा भएका त्रुटीहरु म सच्याउने छु।’ उहाँले भन्नुभयो । आफु निर्वाचित भए पनि नभएपनि जनताको चाहाना अनुरुप आफुले सधैं काम गरेको भन्दै जनताका हकअधिकारका लागि सदैव उभिने उहाँले भन्नुभयो । भेलालाई केन्द्रिय सदस्य तथा पूर्व भूमीसुधार मन्त्री डा.गोपाल दहित,पूर्व जिल्ला पार्टी सभापति अरुण प्रकाश सिंह राठौर,महासमिती सदस्य जन्मजय तिमिल्सेना लगायतले सम्बोधन गर्नुभएको हो ।

Comments
Post a Comment