राजापुरमा १ मोटर साइकल अनियन्त्रित हुँदा ७ घाइते
शक्ति परियार,राजापुर
बर्दियाको राजापुर नगरपालिका वडा नं ८ स्थित धोविनपुर मा १मोटर साइकल अनियन्त्रित हुँदा चालक सहित ७ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि तुरुन्तै नेपालगञ्ज नर्सिङ होममा लगिएको छ। धोविनपुर स्थित नेहा एण्ड संगम ट्रेडर्स का सञ्चालक मोहन थारुले चलाएको सु प प्र ०१-००९- प २४६१ नम्बरको मोटसाइकल अनियन्त्रित भएको हो। गर्मी बढे सँगै बेलुका घर नजिकै छिमेकीहरु सडक किनारमा गफ गाफ गर्दै बसी रहेका बेला स्थानिय देवीलाल चौंलागाँई,रमा चौं ला गाँ ई,जानकी देवी तिमिल्सेना , विमला चौँ ला गा ई, पदम राज उपाध्याय र डेढ वर्षीय उन्नत सञ्ज्याल सहित चालक घाइते भएका हुन् ।

Comments
Post a Comment