मोटरसाइकल दुर्घटनामा राजापुरमा १ जनाको मृत्यु





शक्ति परियार।राजापुर

मोटर साइकल दुर्घटना हुँदा बर्दियाको राजापुरमा एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँ पालिका वडा नं ३ शान्तिबजार निवासी २६ वर्षीय तपेश सोडारीले चलाएको से ७ प ५६९३ नम्बरको मोटर साइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ प २४०८ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा घाइते सोडारीको उपचारका लागि गुलरिया लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । मृतक सोडारी सामान खरिदका लागि राम जानकी चोक मा आउदै गर्दा विपरीत दिशाबाट  मधुवन नपा वडा नं ६,दुई नम्बर निवासी रोशन पुन,गगन अधिकारी र मदन गुरुङ तीन जना सवार मोटर साइकल एक आपसमा ठोकिएको हो ।

Comments