बर्दियामा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट ज्यान गयो


शक्ति परियार । राजापुर

बर्दियाको मधुवन नगरपालिका—३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन ३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनार दिउँसो घाँस काट्न गएका बेला  बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको हो । सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए ।

Comments