राजापुरमा डा.दहितद्वारा ९ लाख रुपैयाँ युनिक छात्रवृत्ति प्रदान
शक्ति परियार।राजापुर युनिक नेपाल बर्दियाका संरक्षक तथा पूर्व भूमि सुधार मन्त्री डा. गोपाल दहितले राजापुर नगरपालिका र गेरूवा गाउँपालिकाका १सय २५ जना विद्यार्थीहरुलाई ९ लाख रुपैयाँ युनिक छात्रवृत्ति प्रदान गरेका छन्। सोमबार राजापुरको नयाँगाउँमा युनिक नेपालले छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रमको आयोजना गर्दै राजापुर र गेरुवाका १४ वटा मावि तहमा अध्ययनरत १ सय २५ जना विद्यार्थीहरुलाई जनही ७ हजारका दरले छात्र वृत्ति प्रदान गरेका हुन्।
ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच पुराउने उद्देश्यले युनिक नेपालले हरेक वर्ष यो छात्र वृत्ति प्रदान गर्दै आएको छ।

Comments
Post a Comment