Posts

Showing posts from June, 2020

भौंरा मा सलह किरा देखिँदै

Image
गेरुवा १५,असार/बर्दियाको गेरुवा क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार नेपाल आएको सलह कीरा बर्दियाका खेतवारीमा समेत पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ बगहिपुर र जनकनगरमा सलह देखिएको वडाध्यक्ष दयाराम वैद्यले वताउनु भयो । खेतमा फट्याङ्ग्रा जस्तै देखिने सलह देखिए पछि स्थानीय किसानले मादल र थाल वजाएर किरा भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्दै मारेका थिए । खेतमा सलह आएको विगतमा पनि सुन्ने गरेको स्थानीय वृद्ध किसान राम वहादुर थारुले वताउनु भयो । पहिला सलह किरा देखिए समात्ने र भुटेरर खाने गरेको आफ्ना वा आमाबाट सुने पनि आफुले किरा नदेखेको किसानको भनाई छ ।  भौरा क्षेत्रको गेरुवामा रोपिएको धान खेतमा सलह देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा. तपेन्द्र शाहले बताउनु भयो । सलह देखिए पछि कार्यालयबाट प्राबिधिकको टोलि उक्त क्षेत्रमा पठाइएको डा.शाहले जानकारी दिनु भयो । सलह देखिए पछि स्थानिय किसानहरु भोकमरी हुने र  धानको बिउनै मासिने भन्दै चिन्तित बनेका छन् ।

राजापुर लाई दलित महिला उत्थानको सामग्री सहयोग

Image
राजापुर १५,असार/बर्दिया राजापुर नगरपालिकामा रहेका विभिन्न क्वारेन्टाईनलाई व्यवस्थापन गर्न लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले सोमबार विभिन्न सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  संघले संचालन गरेको कोभिड १९ रोकथामका लागि क्वारेन्टाईनमा आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत म्याट १ सय ७५ मिटर, डसना १ सय ५० थान, तन्ना (सिंगल बेड)३ सय थान,  सानो पातलो बल्यांकेट १ सय ५० थान, सिरानी(फाईबर) १ सय ५० थान, पंखा (सिलिङ्ग) ८ थान, झुल सानो १ सय ५० थान, डिटोल साबुन १ सय ५० थान, सानो टावेल १ सय ५० थान, टुथ पेस्ट १ सय ५० थान, ब्रस १ सय ५० थान, सेनेटरी प्याड १ सय ५० थान, केएन नाईन्टी फाईव माक्स ५ थान, सेनिटाईजर १० थान, ग्लोब्स ८५ जोडी, पिपिई २ थान र सर्जिकल माक्स १ सय ५० थान राजापुर नगर पालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीलाई हस्तान्तरण गरेको हो ।  कोरोना संक्रमणका कारणले क्वारेन्टाईनहरुमा उत्पन्न विभिन्न समस्याहरुलाई केही कम गर्ने उद्देश्यले यी सामाग्रीहरु प्रदान गरिएको संघका कार्यक्रमका संयोजक विष्णु नेपालीले बताउनु भयो ।...

युनिक नेपालद्वारा सामग्री सहयोग

Image
मीन अधिकारी राजापुर १४,असार/बर्दियाको राजापुर नगरपालिक वडा न २ स्थित श्री नवज्योति प्राथमिक बिधालयलाई युनिक नेपालले १ लाख बराबर को कम्पीयुटर र पिरिन्टर का सामाग्री सहयोग गरेको छ ।   युनिक  सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत  उक्त विद्यालयलाई  डेल कम्पनि को कम्प्युटर सेट  १ थान र क्यानोन कम्पनी को पिरिन्ट सेट १ थान  युनिक नेपाल का संरक्षक एबम पूर्व भुमिसुधार तथा ब्यबस्था  मन्त्री, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले एक कार्यक्रम का विच  हस्तान्तण गर्नु भएको छ। सामाग्री हस्तान्तरण कार्यक्रमा  युनिक नेपालको अध्यक्ष प्रीम बहादुर थारु, महासचिव महादेव   रत्गैया ब्याबस्थापन समितिको अध्यक्ष श्री राम करण थारु  विधालय व्यावस्थापन समितीका  सदस्या लगायतका व्याक्ती  उपस्थीती रहेको  कार्यक्रमा युनिक नेपाल का अध्क्षय प्रिम बहादुर थारूले अहिले को शिक्षा प्रविधि मैत्री  र प्राविधीक  तथा कम्पीयुटर को माध्याम वाट पठन पाठन हुने देखी एकाले राजापुर क्षेत्रका विद्याथीले पनि प्रविधी को प्रयोगगरी अध्...

गेरुवा गाउँ पालिकाका किसानलाई कृषि सामग्री वितरण

Image
गेरूवा १२,असार/ गेरुवा गाउँ पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना राजापुरले कस्टम हायरिङ्ग सेन्टरका लागि मेसिनरी औजारहरु हस्तान्तरण गरेको छ । गेरुवा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना र सिता कृषक समुह बेलभरिया ६ को त्रिपक्षीय सम्झौता अनुसार ३० लाख २८ हजार ४ सय २९ रुपैयाँ बराबरको कृषि सामाग्री पालिकाका अध्यक्ष जमान सिंह केसीले हस्तान्तरण गर्नुभएको हो । अनुदान प्राप्त १५ लाख,सिता कृषक समुहको १५ लाख २८ हजार ५ सय रुपैयाँको लगानीबाट ट्याक्टर,धान रोप्ने मेसिन,सिटड्रील,बीडर,पावर स्प्रेसर,सिम्पल लेवलर,लेजर ल्यान्ड,लेवलर,रोटा बेटर,कल्टिवेटर,हाइरो,बन्ड मेकर,बीउमल छर्ने झोला मेसिन,ड्रम सिडर र थ्रेसर गरी १÷१ थान हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा गेरुवा गाउँ पालिकाका अध्यक्ष जमान सिंह केसी, प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजनाका संचालक समितिका अध्यक्ष अग्नी प्रसाद अर्याल,सुपरजोनका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत डा.तपेन्द्र शाह,संचालक समितिका उपाध्यक्ष पहारी थारु लगायतको उपस्थिती रहेको थियो । राजापुर क्षेत्रमा चैते...

२ वटै मृगौला खराब भएपछि परिवार बिचल्ली

Image
नवलपरासी १०,असार /नवलपरासी  ( बर्दघाट - सुस्ता  पश्चिम )  जिल्लाकाे  बर्दघाट  नगरपालिका - ०१ , माेतिबस्ती  निवासी  जितबहादुर  विक का २ वटै मृगौला मा समस्या देखिएको छ। आर्थिक  अवस्था कमजोर भएका विकले आफ्नो उपचारका लागि विभिन्न  निकाय तथा व्यक्ति संग सहयोगको पहल भइरहेको  सामाजिक  अभियान्ता  निराज  रानाभाटले जानकारी दिनु भयो। आर्थिक  रकम  सहयोग  गर्न  चाहनेले  तल  दिएको  बैंकको  खाता  नम्बर   अाफूले  सकेको  रकम  पठाउन  सक्नुहुन्छ ; बैंकको  नाम : तिनाउ  मिसन  डेभलपमेन्ट  बैंक  लिमिटेड  खातावलाकाे  नाम : अस्मिता  बि.क. बैंकको  खाता  नम्बर : 00600012971N  विस्तृत  जानकारीकाे  लागि  तल  दिएको  मोबाइल  नम्बर  सम्पर्क  गर्नुहोला ; सम्पर्क  नम्बर : ९८२१९४३५३६  अथवा  ९८२१४८९२२९

राजापुर र गेरुवा पालिका लाई प्रदेश सरकारबाट यी कार्यक्रम विनियोजित

Image
राजापुर ०९,असार/" समृद्ध प्रदेश खुसी जनता"को अभियानलाई सार्थक बनाउनका निम्ति प्रदेश नं ५ प्रदेश सभाका माननिय उपसभामुख कृष्णी थारु र प्रदेश सभाका माननिय सदस्य दिपेश थारु ज्युको संयुक्त पहलमा बर्दिया क्षेत्र नं २(२) (राजापुर न.पा र गेरुवा गा. पा) मा आ.ब २०७७/७८ मा कार्यान्वयन हुने गरि प्रदेश सरकार बाट बिनियोजीत गरिएको योजना र रकम सडक तर्फ : १) गेरुवा गा.पा वडा नं ४ मैनापोखर देखि बन्जरीया पशुपतिनगर सडक - ७६ लाख २) राजापुर रिङ्गरोड - ७८ लाख ५० हजार ३) राजापुर भिम्मापुर खैरीचन्दनपुर सडक विभिन्न शिर्षक गरि - १ करोड २४ लाख ५० हजार ४) राजापुर न.पा लालपुर मंगलपुर कालाबन्जार त्रिवेणी जयनगर खल्लाजयपुर पहाडीपुर मुरैया राजापुर सडक - ३५ लाख ५) राजापुर न.पा मानपुर बदालपुर नयाँगाउँ गोला सडक - ५० लाख ४० हजार ६) गेरुवा गा.पा पाताभार गोला पशुपतिनगर मनाउ खैरिचन्दरपुर सडक कालोपत्रे - १२ लाख ७) मानपुर बदालपुर जोतपुर पाताभार सख्रौल सडक - १२ लाख पुल तर्फ : १) राजापुर भिम्मापुर सडकमा बुढिकुलो पुल - ३ करोड २) राजापुर न.पा १० मझरामा झुलुङ्गे पुल - १ करोड ३२ लाख ३) राजापुर भिम्माप...

धोबिनपुर मा नदी कटान बढ्दै

Image
धोबिनपुर ०८,असार/बर्दियाको राजापुर नगर पालिका स्थित ८ नम्बर वडा धोबिनपुर मा नदी कटान बढ्दै गएपछि स्थानीय मर्कामा परेका छन्। बर्सेनि नदी कटान को चपेटामा पर्दै आएको सो क्षेत्रमा सम्बन्धित निकायले कुनै कदम नचालेको स्थानीयको गुनासो रहेको छ। धोबिनपुर स्थित बुढी कुलोले बर्सेनि नदी कटान गर्दै आएको हो। स्थानिय निकायले यस वर्ष कुलो सरसफाई गर्ने तथा तटबन्ध गर्ने भने पनि कुनै काम नभएको स्थानियले गुनासो गरेका छन्।

बर्दियामा एकै दिन ३१ जनामा कोरोना पुष्टि

बर्दिया ३,असार/बर्दियामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको तिन स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका ३१ जनामा कोरोना संक्रमण देखिएको हो बुधबार संक्रमण पुष्टि भएकाहरुमा बढइयाताल गाउपालिकामा २६जना ठाकुरबाबा नगरपालिका का चार जना  राजापुर नगरपालिकाका १   जना  रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । पोजेटिभ देखियका भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु भएपनि येस अघि आरडिटि नेगेटिभ भएकाले वढइयाताल गाउपालिकाका २६ जना मध्य अधिकांस लाइ  घर पठाइएको थियो । संक्रमितहरुको कन्टेक्ट टे्सिङ गरिने प्रमुख गिरिले बताए  । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १सय ४१ पुगेको छ ।

बुढी कुलोमा डुबेर २ बालक बेपत्ता

Image
शक्ति परियार राजापुर १, असार/बर्दियाको राजापुर नगरपालिका वडा नं ७ स्थित शंकरपुर मा खोलामा नुहाउन गएका २ बालक डुबेर बेपत्ता भएका छन । दिउँसो करिब २ बजे नुहाउन गएका ८ वर्षीय बालक भक्त बहादुर विक र  हिमाल विक बेपत्ता भएका हुन।  बेपत्ता भएका २ जना सहित स्थानिय सुनिता विक,पूजा विक र सुमित्रा समेत नुहाउन गएका स्थानियले जनाएका छन। बालक हरु डुबेपछि उनीहरूले होहल्ला गरेपछि नजिकै माछा मार्न गएका विवेक थापा,प्रमोद लोड र वसन्त गोडिया ले ८ वर्षीय भक्त बहादुर विक को ज्यान बचाउन सफल भएका छन भने वर्ष ८ कै हिमाल विकको भने खोजी कार्य जारी रहेको छ। घटना पछि इलाका प्रहरी कार्यालय राजापुर,ससत्र प्रहरी सीमा सुरक्षा पोस्ट राजापुर र सीमा प्रहरी चौकी गोडियानको टोली घटना स्थलमा पुगेको थियो। भेटिएका भक्त बहादुर विक को अवस्था सामान्य रहेको छ। 

आगजनी मा मेरो कुनै हात छैन - महादेव चौधरी

Image
बर्दियाको राजापुर नगरपालिका ६ नं वडाको रहेको न्यू वर्षा सप्लायर्स मा भएको आगजनीमा आफ्नो कुनै हात नभएको र आफ्नो नाम मुछिएको भन्दै वकील महादेव चौधरी ले यस्तो भने - म महादेव चौधरी, मेरो पेशा कानुन ब्यबसाय हो, म बिगत २०/२२ बर्ष देखि यहि पेशामा रहि आएको छु !  हिजो मिति २०७७-०२-२६ गते भएको घटना मा म माथी समेत लागेको आरोपको सम्बन्धमा प्रष्ट पार्न चाहन्छु ! घट्ना २०७७ साल बैशाख ३० गतेको हो ! राती अन्दाजी ८:३० बजेतिर सोम नाथ थारु कोठियाघाट मा रहेको आफ्नो सरिता होटेल लकडाउनको अबस्थामा बन्द रहेतापनि चोरिको डरले साझतिर रेख्देख गरि बन्द गरेर फर्कने क्रममा राजापुर नगरपालिका वार्ड न. ६ मा पर्ने स्वामी चौक देखि लगभग ३०० मिटर पश्चिममा बिपरित दिशा तर्फबाट स्पिडमा आएको हिमाल गौतम ले चलाई आएको भ्यानले ठक्कर दिई ज्यान गएको घटना बाट सङ्ग नै जोडिएको छ ! उक्त घटनाको जाहेरी मैले नै लेखेको हो र अदालतमा पनि सरकारी वकिल, म र बरिस्ठ अधिबक्ता ऋषि राम काफ्ले ज्यु को वकालतनामा लगाई पीडित पक्षको तर्फबाट बकालत गरि आएका छौ ! यहि जेठ को २१ गते बिपक्षी हिमाल गौतमको अदालतमा बयान लिई थुनछेक को बहस भै धरौटी तारेखम...

मानपुरटपरा घटना,यस्तो थियो तथ्य

Image
शक्ति परियार मानपुरटपरा २६,जेष्ठ/ बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा आगजनी गरिएको छ । गत ३० वैशाखमा राजापुर १० मा भएको गाडी दुर्घटनाको विषयलाई लिएर पीडितले न्याय नपाएको भन्दै स्थानीयले पसलका सामान बाहिर निकालेर जलायर सप्लार्यसमा आगजनी गरेको राजापुर ६ का वडा अध्यक्ष महेश चौधरीले बताए । सम्मानित जिल्ला अदालत बर्दियाले डेलिभरी भ्यानचालक हिमाल गौतम अनुसन्धान गरी १ लाख २० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो । दुर्घटनामा ज्यान गुमाएका परिवारले न्याय नपाएको भन्दै आक्रोसित स्थानीयले सोमबार दिउँसो पसलमा आगजनी गरेका थिए । पिडक गौतमका भाई प्रकाश गौतमको घरमा समेत ढुंगामुढा गरि तोडफोड गरेका थिए । प्रकाशले मृतक सोमनाथ थारुका श्रीमति सरिता थारुलाई किरिया खर्च ५० हजार बुझाएको र क्षतिपूर्ति वापतको रकम पछि माग गर्न आए दिने गरी रु ४ लाख ५० हजार मृतकका हकदारले पाउने गरी जिल्ला प्रशासन कार्यालय बर्दियामा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका मुद्दा शाखा प्रमुख विनय केसीले वताउनु भयो । स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी ...

रुकुममा भएको सामुहिक हत्या काण्डको,गेरुवा गाउँपालिकामा सामुहिक विरोध

Image
दोषीलाई हदैसम्म कारवाहीको माग रञ्जना परियार गेरुवा २६,जेष्ठ / ‘मान्छे मान्छे विच हुने जातीय भेदभावको अन्त्य गर,रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदै सम्मको कारवाही गर भन्ने’ मुल नाराका साथ बर्दियाको गेरुवा गाउँपालिका स्थित नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्य समिति ,दलित जन जागरण संघ गुप्तीपुर, लोहारपुर, सोनाहाफाँटा, दलित सेवा संघ,अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले रुकुम हत्या काण्ड विरुद्ध संयुक्त विरोध कार्यक्रमको आयोजना गरेको छ ।     गत जेठ १० गते शनिबार दिन पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती निवासी सुस्मा मल्ल र भेरी गंगा नगरपालिका ४ रानागाउँ जाजरकोटका नवराज विकको लामो समयको प्रेम सम्बन्ध पछि प्रेमिकाकै सहमतिमा विवाहका लागि साथी सहित केटी लिन गएका ६ यूवाहरुको निर्मम सामुहिक हत्या गरी भेरी नदिमा फालिएको घटनाले विकराल रुप लिईरहेको हो ।     कार्यक्रममा सहभागीहरुले रुकुम घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रात्कमक राज्यको ठाडै खिल्ली उडाएको भन्दै गेरुवा गाउँपालिकाका अध्...

बर्खाका हल गोरु,बाघलाई चारो

Image
रञ्जना परियार गेरुवा २६,जेष्ठ/ बर्दियाको गेरुवा गाउँपालिका मध्यवर्ति सीमाक्षेत्रमा बाघको त्रास बढ्दै गएको छ । सो क्षेत्रमा वर्षेनी बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरहरुले स्थानीयमा भयभित वातावरण सिर्जना गर्दै आएका छन् । सोमबार गेरुवा गाउँपालिका ४ नं वडा राजीपुरका स्थानीय फुलदेवी चौधरीको १ हल गोरु बाघको चपेटमा परेपछि स्थानीय त्रसित बनेका हुन् । किसानलाई धान लगाउने समय नजिकिई रहेका बेला बाघले गोरु मारी दिएपछि किसान चिन्तित बन्दै गएका छन् ।     मध्यवर्ति सिमा क्षेत्र बासीहरुले निकुञ्जबाट आउने जंगली जनावरहरुबाट बाली नाली नोक्सानी मात्रै नभई ज्यान गुमाउनु पर्ने जोखिम पनि खेप्दै आउनु परेको छ । वन्यजन्तुको नोक्सानीबाट बच्नको लागि आएको करोडौं बजेटमा गरिएको तारबारमा विद्युत संचालन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । वर्षेनी जंगली जनावरबाट त्रसित मात्रै हुँदै आईरहेका स्थानीयले सम्बन्धित नीकायबाट सुरक्षाका लागि अपिल गरेका छन् ।     सो क्षेत्रमा जंगली जनावरहरुबाट वर्षेनी मानवीय क्षति हुर्दै आईरहेको भएपनि निकुञ्जले वन्यजन्तुहरुलाई नियन्त्रण गर्न नसक...

बर्दियामा थप १८ जना संक्रमित

Image
बर्दिया २६, जेठ / बर्दियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका चार स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका १८जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा बासगढि नगरपालिकाका ९ जना, मधुवन नगरपालिकाका ४ जना ठाकुरबाबा नगरपालिकाका ३ जना र बारबर्दिया नगरपालिकाका २ रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य फोकल पर्सन कृष्ण गोपाल चौधरिले बताए । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण चौधरिले  बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

बर्दियामा २८ जना कोरोना संक्रमित थपिए

Image
बर्दियामा आज शनिबार एकैदिन २८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ५ स्थानिय तहका बिभिन्न क्वारेन्टिनमा रहेका २८ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरुमा गुलरिया नगरपालिकाका ११ जना,  राजापुर र बासगडी नगरपालिकाका ५/५ जना, मधुवन नगरपालिकाका ४ जना  र बढैयाताल गाँउपालिकाका ३ जना  नयाँ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । भेरी अञ्चल अस्पतामा १८ गते पिसिआर् परिक्षणकालागी १ सय ९२ जनाको स्वाव पठाइएकोमा परिक्षण भएका मध्य २८ जनाको नतिजा पोजेटिभ आएको हो ।  बर्दियामा आज थप भएका संक्रमित सँगै बदियामा कुल संक्रमितको संख्या ४१ पुगेको छ । बर्दियामा २ जना कोरोनालाई जितेर घर फर्केका छन् । भारत बाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखा परेको प्रमुख गिरीले जानकारी दिनुभयो ।