मानपुरटपरा घटना,यस्तो थियो तथ्य
शक्ति परियार
मानपुरटपरा २६,जेष्ठ/ बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा आगजनी गरिएको छ । गत ३० वैशाखमा राजापुर १० मा भएको गाडी दुर्घटनाको विषयलाई लिएर पीडितले न्याय नपाएको भन्दै स्थानीयले पसलका सामान बाहिर निकालेर जलायर सप्लार्यसमा आगजनी गरेको राजापुर ६ का वडा अध्यक्ष महेश चौधरीले बताए । सम्मानित जिल्ला अदालत बर्दियाले डेलिभरी भ्यानचालक हिमाल गौतम अनुसन्धान गरी १ लाख २० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो । दुर्घटनामा ज्यान गुमाएका परिवारले न्याय नपाएको भन्दै आक्रोसित स्थानीयले सोमबार दिउँसो पसलमा आगजनी गरेका थिए । पिडक गौतमका भाई प्रकाश गौतमको घरमा समेत ढुंगामुढा गरि तोडफोड गरेका थिए । प्रकाशले मृतक सोमनाथ थारुका श्रीमति सरिता थारुलाई किरिया खर्च ५० हजार बुझाएको र क्षतिपूर्ति वापतको रकम पछि माग गर्न आए दिने गरी रु ४ लाख ५० हजार मृतकका हकदारले पाउने गरी जिल्ला प्रशासन कार्यालय बर्दियामा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका मुद्दा शाखा प्रमुख विनय केसीले वताउनु भयो ।
स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी निणर्य गर्दै गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई धरौटीका भरमा २२ दिनमै छाडिएको कारण आगजनी गरिएको स्थानीयले बताए । उनीहरुले पीडितलाई न्याय दिई आवश्यक क्षतिपूति उपलब्ध गराउन माग गरेका छन् । आज भएको तोडफोडमा करिव ८६ लाख ६० हजार ५ सय वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ । जसमा किरानाका सामानहरुमा खुर्सानी, तेल, चामल, नुन, करेन्ट मसला, दाल चियापती चाउचाउ, सावुन सर्फ चिसो पेय पदार्थ, विद्युतीय सामानहरु डिफिरिज् टिभी, ल्यापटप, कम्प्युटर, दराज टेबुल काजु किस्मीस र नगद २० लाख नोक्सानी भएको छ । आक्रोसित भिडले नेपाल प्रहरी र शसस्त्र प्रहरीका ४ जनाका साथै हिमालका भाई प्रकाश गौतमलाई समेत हातपात गरेका थिए । यता हिमाल गौतमका भईले भने आफुहरुले सम्मानीत अदालत बर्दियाको आदेश अनुसार कानुनलाई मानेर अगाडी बडेको हो ।तर हाम्रो व्यापार व्यावसाही धोस्त पारी हामीलाई ज्यान मार्ने धम्की दिएको भन्दै आफनो जिउ ज्यानको सुरक्षागरी आफुलाई न्याय दिन अनुरोध गरेका छन । नेपाल प्रहरीले प्रयोग गर्ने का ५बा ५९५५ नं.को सरकारी मोटर साइकलमा क्षति पुर्याएका छन् ।
३० वैशाखको राति ८ बजे भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक राजापुर नगरपालिका वडा नम्बर ६ महादेउलीका ३८ वर्षका सोमनाथ थारुको उपचारकै क्रममा गुलरियामा ज्यान गएको थियो ।



Comments
Post a Comment