बर्खाका हल गोरु,बाघलाई चारो
रञ्जना परियार
गेरुवा २६,जेष्ठ/बर्दियाको गेरुवा गाउँपालिका मध्यवर्ति सीमाक्षेत्रमा बाघको त्रास बढ्दै गएको छ । सो क्षेत्रमा वर्षेनी बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरहरुले स्थानीयमा भयभित वातावरण सिर्जना गर्दै आएका छन् । सोमबार गेरुवा गाउँपालिका ४ नं वडा राजीपुरका स्थानीय फुलदेवी चौधरीको १ हल गोरु बाघको चपेटमा परेपछि स्थानीय त्रसित बनेका हुन् । किसानलाई धान लगाउने समय नजिकिई रहेका बेला बाघले गोरु मारी दिएपछि किसान चिन्तित बन्दै गएका छन् ।
मध्यवर्ति सिमा क्षेत्र बासीहरुले निकुञ्जबाट आउने जंगली जनावरहरुबाट बाली नाली नोक्सानी मात्रै नभई ज्यान गुमाउनु पर्ने जोखिम पनि खेप्दै आउनु परेको छ ।
वन्यजन्तुको नोक्सानीबाट बच्नको लागि आएको करोडौं बजेटमा गरिएको तारबारमा विद्युत संचालन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । वर्षेनी जंगली जनावरबाट त्रसित मात्रै हुँदै आईरहेका स्थानीयले सम्बन्धित नीकायबाट सुरक्षाका लागि अपिल गरेका छन् ।
सो क्षेत्रमा जंगली जनावरहरुबाट वर्षेनी मानवीय क्षति हुर्दै आईरहेको भएपनि निकुञ्जले वन्यजन्तुहरुलाई नियन्त्रण गर्न नसकेको स्थानीय बताउँछन् । सम्बन्धित निकायले निकुञ्जसंग वन्यजन्तु संरक्षण र स्थानीयको सुरक्षाका लागि तुरुन्त कदम चाल्नुपर्ने बताउँछन् ।

Comments
Post a Comment