बर्दियामा थप १८ जना संक्रमित
बर्दिया २६, जेठ / बर्दियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका चार स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका १८जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा बासगढि नगरपालिकाका ९ जना, मधुवन नगरपालिकाका ४ जना ठाकुरबाबा नगरपालिकाका ३ जना र बारबर्दिया नगरपालिकाका २ रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य फोकल पर्सन कृष्ण गोपाल चौधरिले बताए । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण चौधरिले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

Comments
Post a Comment