भौंरा मा सलह किरा देखिँदै



गेरुवा १५,असार/बर्दियाको गेरुवा क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार नेपाल आएको सलह कीरा बर्दियाका खेतवारीमा समेत पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ बगहिपुर र जनकनगरमा सलह देखिएको वडाध्यक्ष दयाराम वैद्यले वताउनु भयो । खेतमा फट्याङ्ग्रा जस्तै देखिने सलह देखिए पछि स्थानीय किसानले मादल र थाल वजाएर किरा भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्दै मारेका थिए । खेतमा सलह आएको विगतमा पनि सुन्ने गरेको स्थानीय वृद्ध किसान राम वहादुर थारुले वताउनु भयो । पहिला सलह किरा देखिए समात्ने र भुटेरर खाने गरेको आफ्ना वा आमाबाट सुने पनि आफुले किरा नदेखेको किसानको भनाई छ ।  भौरा क्षेत्रको गेरुवामा रोपिएको धान खेतमा सलह देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा. तपेन्द्र शाहले बताउनु भयो । सलह देखिए पछि कार्यालयबाट प्राबिधिकको टोलि उक्त क्षेत्रमा पठाइएको डा.शाहले जानकारी दिनु भयो । सलह देखिए पछि स्थानिय किसानहरु भोकमरी हुने र  धानको बिउनै मासिने भन्दै चिन्तित बनेका छन् ।

Comments