राजापुर लाई दलित महिला उत्थानको सामग्री सहयोग






राजापुर १५,असार/बर्दिया राजापुर नगरपालिकामा रहेका विभिन्न क्वारेन्टाईनलाई व्यवस्थापन गर्न लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले सोमबार विभिन्न सहयोग सामाग्री हस्तान्तरण गरेको छ । 
संघले संचालन गरेको कोभिड १९ रोकथामका लागि क्वारेन्टाईनमा आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत म्याट १ सय ७५ मिटर, डसना १ सय ५० थान, तन्ना (सिंगल बेड)३ सय थान,  सानो पातलो बल्यांकेट १ सय ५० थान, सिरानी(फाईबर) १ सय ५० थान, पंखा (सिलिङ्ग) ८ थान, झुल सानो १ सय ५० थान, डिटोल साबुन १ सय ५० थान, सानो टावेल १ सय ५० थान, टुथ पेस्ट १ सय ५० थान, ब्रस १ सय ५० थान, सेनेटरी प्याड १ सय ५० थान, केएन नाईन्टी फाईव माक्स ५ थान, सेनिटाईजर १० थान, ग्लोब्स ८५ जोडी, पिपिई २ थान र सर्जिकल माक्स १ सय ५० थान राजापुर नगर पालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीलाई हस्तान्तरण गरेको हो । 
कोरोना संक्रमणका कारणले क्वारेन्टाईनहरुमा उत्पन्न विभिन्न समस्याहरुलाई केही कम गर्ने उद्देश्यले यी सामाग्रीहरु प्रदान गरिएको संघका कार्यक्रमका संयोजक विष्णु नेपालीले बताउनु भयो । सोमबार वितरण गरिएका यी सामाग्रीहरु कोरोना संग सम्बन्धित मात्रै नभई कुनै पनि विपद्का कार्यहरुमा प्रयोगमा ल्याउन तथा वितरण गर्न वहाँले आग्रह गर्नु् भयो ।  
सामाग्रीहरु ग्रहण गर्दै राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीले संघलाई धन्यवाद दिँदै यी सामाग्रीहरु बढि मात्रामा क्वारेन्टाईनमै प्रयोग हुने र बचेका अन्य सामाग्रीहरु बाढीबाट प्रभावित व्यक्तिहरुलाई प्रदान गरिने बताउनु भएको छ । 
राजापुर नगर क्षेत्रमा कोरोनाको मात्रै समस्या नभई अन्य थुप्रै बिपतका समस्याहरु भएकाले  दलित महिला उत्थान संघले प्रदान गरेको यो सामाग्रीको उचित प्रयोग गर्ने समेत नगरप्रमुख चौधरीले बताउनु भएको छ ।

Comments