बर्दियामा एकै दिन ३१ जनामा कोरोना पुष्टि

बर्दिया ३,असार/बर्दियामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको तिन स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका ३१ जनामा कोरोना संक्रमण देखिएको हो बुधबार संक्रमण पुष्टि भएकाहरुमा बढइयाताल गाउपालिकामा २६जना ठाकुरबाबा नगरपालिका का चार जना  राजापुर नगरपालिकाका १   जना  रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।
पोजेटिभ देखियका भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु भएपनि येस अघि आरडिटि नेगेटिभ भएकाले वढइयाताल गाउपालिकाका २६ जना मध्य अधिकांस लाइ  घर पठाइएको थियो । संक्रमितहरुको कन्टेक्ट टे्सिङ गरिने प्रमुख गिरिले बताए  । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १सय ४१ पुगेको छ ।

Comments