बर्दियामा २८ जना कोरोना संक्रमित थपिए


बर्दियामा आज शनिबार एकैदिन २८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ५ स्थानिय तहका बिभिन्न क्वारेन्टिनमा रहेका २८ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरुमा गुलरिया नगरपालिकाका ११ जना,  राजापुर र बासगडी नगरपालिकाका ५/५ जना, मधुवन नगरपालिकाका ४ जना  र बढैयाताल गाँउपालिकाका ३ जना  नयाँ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । भेरी अञ्चल अस्पतामा १८ गते पिसिआर् परिक्षणकालागी १ सय ९२ जनाको स्वाव पठाइएकोमा परिक्षण भएका मध्य २८ जनाको नतिजा पोजेटिभ आएको हो ।  बर्दियामा आज थप भएका संक्रमित सँगै बदियामा कुल संक्रमितको संख्या ४१ पुगेको छ । बर्दियामा २ जना कोरोनालाई जितेर घर फर्केका छन् । भारत बाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखा परेको प्रमुख गिरीले जानकारी दिनुभयो ।

Comments