बुढी कुलोमा डुबेर २ बालक बेपत्ता


शक्ति परियार
राजापुर १, असार/बर्दियाको राजापुर नगरपालिका वडा नं ७ स्थित शंकरपुर मा खोलामा नुहाउन गएका २ बालक डुबेर बेपत्ता भएका छन । दिउँसो करिब २ बजे नुहाउन गएका ८ वर्षीय बालक भक्त बहादुर विक र  हिमाल विक बेपत्ता भएका हुन।  बेपत्ता भएका २ जना सहित स्थानिय सुनिता विक,पूजा विक र सुमित्रा समेत नुहाउन गएका स्थानियले जनाएका छन। बालक हरु डुबेपछि उनीहरूले होहल्ला गरेपछि नजिकै माछा मार्न गएका विवेक थापा,प्रमोद लोड र वसन्त गोडिया ले ८ वर्षीय भक्त बहादुर विक को ज्यान बचाउन सफल भएका छन भने वर्ष ८ कै हिमाल विकको भने खोजी कार्य जारी रहेको छ। घटना पछि इलाका प्रहरी कार्यालय राजापुर,ससत्र प्रहरी सीमा सुरक्षा पोस्ट राजापुर र सीमा प्रहरी चौकी गोडियानको टोली घटना स्थलमा पुगेको थियो। भेटिएका भक्त बहादुर विक को अवस्था सामान्य रहेको छ। 

Comments