Posts

Showing posts from 2021

गेरुवाको भांगाबारीमा खानेपानी ट्याङ्की निर्माण

Image
जनता समाचार । राजापुर स्वच्छ खानेपानी,दीर्घ जीवन भन्ने मूल नाराका साथ मानपुर युवा समाज मायुस बर्दियाले गेरुवा गाउँपालिका वडा नं ४ भांगाबारीमा खानेपानी ट्याङ्कीको निर्माण गरेको छ। ट्याङ्की निर्माणको बुधबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। १ सय ९ घर परिवारले पिउन मिल्ने खानेपानी ट्याङ्की फन्ड बोर्ड काठमाण्डौको आर्थिक सहयोगमा मायुसले बर्दियाले निर्माण गरेको हो। भांगाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सीता आचार्यले ५० लाख ४३ हजार ४ सय ३९ रुपैयाँको आय र ५० लाख ४८ हजार १ सय ५१ रुपैयाँको व्यय प्रस्तुत गरिन्।जसमा ४ हजार ७ सय ११ रुपैयाँ बढी खर्च भएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गेरुवा गाउँपालिका वडा नं ४ की सदस्य मोबिला शर्मा पौडेलले काम गर्ने बेला विभिन्न समस्याहरू आउनु सामान्य रहेको भन्दै आउँदा दिनमा गाउँपालिका तथा वडाबाट थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।  त्यस्तै नेपाली कांग्रेस गेरुवा गाउँपालिका प्रतिनिधि महेन्द्र चौधरीले ट्याङ्की निर्माणमा आफूले व्यक्तिगत सहयोग गरेको र आउँदा दिनहरूमा पनि पार्टी तथा व्यक्तिगत सहयोग गर्ने बताए। कार्यक्रमका व...

देउसी खेलेर गाउँका ५ सयले वनभोज मनाए

Image
जनता समाचार । राजापुर बर्दियाको राजापुर नगरपालिका वडा नं ७  शंकरपुरका युवाहरुले देउसी खेलेर ५ सय जनालाई वनभोज मनाएका छन। देउसीबाट संकलन भएको ३१ हजार रुपैयाँले शंकरपुर गाउँका झण्डै ५ सय जनालाई बनभोजमा सहभागी गराएपछि गाउँमा तिहारको उल्लास छाएको न्यु युवा क्लबका अध्यक्ष टोप बहादुर सुनारले बताए । क्लबले देउसी बाट संकलित रकमले गाउँमै बनभोज खाने निर्णय गरेपछि उदाहरणिय कार्य गरेको यहाँका जानकारहरूको धारणा रहेको छ।

कांग्रेस नेता पौडेल बर्दियाको बाढी ग्रस्त क्षेत्रको अनुगमनमा

Image
  केशव कोइराला । राजापुर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समिक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।   आइतबार बर्दियाको बाढीग्रस्त क्षेत्रको अनुगमनमा आउनु भएका नेता पौडेलले कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी भित्र अधिनायकवाद र मनपरीतन्त्र मौलाउदै गएको आरोप लगाउनु भयो । लोकतान्त्रिक पद्धतिमा अबतारले शासन गर्न नहुने कटाक्ष गर्दै नेता पौडेलले जनताले आफ्नो शासन आफै गर्नपाउनु पर्ने जिकिर गर्नुभयो । कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेर पार्टी सभापतिलाई सचेत गराइरहेको भन्दै क्रियाशील सदस्यता विवाद चाँडो टुङ्ग्याएर प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो । नेता पौडेलले बर्दियाको राजापुरका बाढीग्रस्त क्षेत्रको अनुगमन गर्दै प्रभावित क्षेत्रका पीडितलाई राहतकालागी सरकारलाई र दवाव दिने आश्वासन दिनुभयो ।बाढि प्रभावित क्षेत्रको अबस्थाबारे जानकारी दिदै नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख जन्मजय तिमिल्सिनाले यहाका १ हजार ८ सय प्रभावित परिबारलाइ तत्कालकालागी उचित राहत र कर्णालीनदीको तटबन्धकालागी सरकारले आबश्य...

बर्दियामा वाइसिएलको जनलहर उर्लियो

Image
राजापुर/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल  (वाईसिएल)को प्रथम नगर सम्मेलन बर्दियाको राजापुरमा सम्पन्न भएको छ ।     सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनालले अब वाईसिएलले मुलुकमा नयाँ जनक्रान्ती ल्याउने बताउनु  भयो । ‘हाम्रा हतियार जम्मा गर्न लगायो,खोला नालामा बस्न बाध्य बनायो तर यसपछि   फेरी हामी परिवर्तनका लागि लाग्ने छौं,परिवर्तन ल्याउने छौं   किन भने जसका नाराहरु हुन्छन् त्यो पार्टी कहिल्यै  कमजोर हुन सक्दैन’ वहाँले भन्नुभयो ।            ‘वाईसिएल भन्ने वितिक्कै आतंक बुझ्ने,माओवादी पार्टीको संगठन हो भन्ने बुझ्नेहरुलाई प्रष्ट पार्न चाहन्छौ कि यो माओवादीको संगठन होईन’ वहाँले भन्नुभयो ।     योङ्ग कम्युनिष्ट लिग नेपाल राजापुरका अध्यक्ष ओम प्रकाश थारु प्रविणको सभापतित्वमा आयोजित सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल प्रमुख अतिथी रहनु...

राजापुरमा गौरी दाईको स्टिमर बग्यो, सशस्त्र प्रहरीद्धारा १२ जनाको उद्धार

Image
शक्ति परियार भदौ २५,बर्दियाको राजापुर नगरपालिका वडा नं १ दौलतपुरघाट स्थित संचालनमा रहेको स्टिमर डुङ्गा  बगेपछि शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरको टोलीले १२ जनाको उद्दार गरेको छ। शुक्रबार बेलुका साढे ५ बजेको समयमा कैलालीबाट बर्दिया तर्फ आउने क्रममा कर्णाली नदीको बिच भागमा अचानक डुङ्गाको पंखामा समस्या आएपछि बगेको थियो ।  घटनाबारे स्थानियले खबर गरेसँगै शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरका प्रहरी निरीक्षक आशिष राउतको कमाण्डमा ७ जना विपत उद्दार तालिम प्राप्त सशस्त्र प्रहरी र कर्मचारीको टोलीले डुङ्गामा सवार १२ जनाको सकुशल उद्दार गरेका हुन्।टोलीले राजापुर नगरपालिका ३ तिघ्रा बाट बोर्ट को सहायताले डुङ्गामा सवार यात्रु सहित डुङ्गा र डुङ्गामा रहेका ३ वटा मोटरसाइकल को उद्दार गरेका छन्।

राजापुरमा अनेरास्ववियू क्रान्तिकारीको प्रथम भेला सम्पन्न,५१ सदस्यीय नयाँ कार्यसमिति चयन

Image
जनता समाचार । राजापुर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीको प्रथम नगर भेला बर्दियाको राजापुरमा सम्पन्न भएको छ । भेलाले अमर शहिद बहुमुखी क्याम्पस ईकाई कमिटीका संयोजक राजेश राजवंशी थारुको संयोजकत्वमा पछि थप्न मिल्ने गरी ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।  अखिल क्रान्तिकारी राजापुर नगर कमिटीको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै भेलाका प्रमुख अतिथी तथा निर्वाचन क्षेत्र नं. २ का संविधान सभा सदस्य मानबहादुर थारुले शिक्षामा क्रान्ति ल्याउन आफुहरुले ठुलो बलिदान दिनुपरेको बताउनु भयो । सामान्य शिक्षा हाँसिल गर्नका निम्ती गरिबका छोराछोरीले पैसा खर्च गर्नसक्ने अवस्था थिएन तर वर्तमान समयमा आफ्नो सरकार आएसंगै राष्ट्रिय स्तर देखि नै निशुल्क शिक्षा घोषणा गर्न आफुहरु सफल रहेको वहाँको तर्क थियो ।  भेलामा विशिष्टि अतिथीको आशनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारुले शिक्षाको गुणस्तर बढाउन बर्दिया भौंराटप्पा क्षेत्रकै एकमात्रअमर शहिद बहुमुखी क्याम्पसका लागि लुम्बिनि प्रदेशबाट प्रत्येक वर्ष वजेट विनियोजन गर्दै आएको बताउनु भयो । हिजोका दिनमा उच्च शिक्षा हाँ...

राजापुरको बदालपुरमा ६ कोठे विद्यालय भवनको उद्घाटन

Image
  जनता समाचार,२२ भदौ । बर्दियाको राजापुर नगरपालिका वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बदालपुरको ६ कोठे भवन आज उद्घाटन गरिएको छ । विद्यालयले आयोजना गरेको समुद्घाटन कार्यक्रममा संघिय सांसद सन्त बहादुर थारुले रिवन काटेर भवनको उद्घाटन गर्नु भयो ।  कार्यक्रमका प्रमुख अतिथि तथा संघिय सांसद थारुले राजापुर क्षेत्रमा आफू बाल्य कालमा आएको कुरा स्मरण गर्दै त्यति खेरको विद्यालयको अवस्था र वर्तमान विकासको गतिको बारेमा बोल्दै आफूहरुले राजापुर क्षेत्रमा शिक्षा,स्वास्थ्य खानेपानीका लागि विशेष ध्यान दिएको बताउनु भयो। कार्यक्रम का विशिष्ट अतिथि निर्वाचन क्षेत्र नं २ का संविधान सभा सदस्य मान बहादुर थारुले जीर्ण भवनहरू सुधार मात्रै नभएर शिक्षामा ठूलो लगानी लगाई रहेको बताउनु भयो । आउँदा दिनमा राजापुर क्षेत्रमा विकास निर्माणका कामहरु अझैं ऊर्जाका साथ गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा अतिथिको आसनबाट बोल्दै राजापुर नगरपालिका का नगर प्रमुख शिव प्रसाद चौधरीले आफू निर्वाचित भए देखि पछिल्लो ५ वर्षमा राजापुर क्षेत्रमा विकास निर्माणका कार्यहरू तिब्र रुपमा भएको बताउनु भयो । राजापुर क्षेत्रम...

राजापुरको त्रिवेणीमा स्वास्थ्य केन्द्रको स्थापना

Image
  राजापुर, भाद्र २२ गते  बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर ५ मा शहरी स्वास्थय केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रको उद्घाटन पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले एक कार्यक्रमका बिच गर्नु भएको हो ।स्थानीय नागरिकहरुको स्वास्थ्य सेवामा पहुच पुर्याउने उदेश्यले संघीय सरकारको  करिब साढे ६३ लाको लागतमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ ।  कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद सन्तकुमार थारुले शहरी स्वास्थ्य केन्द्रको स्थापना भएपछि जनताको अनुहारमा खुसि छाएको अनुभुति गरिरहेको बताउनु भएको    छ । जनयद्ध र संविधानसभाले बनाएको संविधानले यो खुसि र बिकासको अनुभुति भईरहेको बताउनु भएको छ । अब समाजबादी ब्यबस्थाको कल्पना गरेर संविधान बनाएका छाैँ, त्यो ब्यबस्था ल्याउनका लागि हामी सबैजना सचेत हुन आवश्यक रहेको बताउनु भएको छ ।अर्कोप्रसंगमा सांसद थारुले प्रत्यक्ष कार्यकारी निर्वाचित  राष्ट्रपतिको ब्यबस्थाका लागि सबै जनताले आवाज उठाउनु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।   कार्यक्रममा दोस्रो सविधानसभा सदस्य मानबहादुर थारु विकासका...

राजापुरको किसान माविमा अटोमेटिक कुलिङ्ग सिस्टम फिल्टर संचालनमा

Image
जनता समाचार । राजापुर बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ मा रहेको किसान माध्यमिक विद्यालयमा निर्माण गरिएको अटोमेटिक कुलिङ्ग सिस्टम सहित ठूलो वायुस्याण्ड फिल्टरको उद्घाटन गरिएको।  छ । उक्त ठूलो फिल्टरको उद्घाटन पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले एक कार्यक्रमका बिच गर्नु भएको हो । राजापुर नगरपालिकाको आर्थिक तथा प्रबिधिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना अन्तरगत करिव ८ लाखको लागतमा विद्यार्थीहरुलाई शुद्ध पिउने पानीका लागि निर्माण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद सन्तकुमार थारुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यबस्था नहुदा सम्म विकास गतिलिन नसकेको बताउनु भएको छ । अहिलेको यस्तो ब्यबस्थामा सरकार गिराउने र बनाउने खेल भएकोले विकास गति लिन नसकेको बताउनु भएको छ । प्रत्यक्ष कार्यकारी निर्वाचित  राष्ट्रपतिको ब्यबस्थाका लागि सबै जनाले एकपटक जोड बल गर्नु पर्ने बताउनु भएको छ । यसैगरी अर्को प्रसंगमा अवको योजना राजापुर क्षेत्रको विकास गर्ने तर्फ लक्षित रहने कुरामा जोड दिनु भएको छ । कार्यक्रम सञ्चालन भएको बिद्यलयमा आफ्नै कार्यकालमा पर्खाल निर्म...

राजापुर ८ नं. वडाका गाउँटोलहरु झिलीमिली हुने

Image
शक्ति परियार । राजापुर बर्दियाको राजापुर नगरपालिका स्थित वडा नं. ८ का गाउँटोलहरु झिलिमिली हुने भएका छन् । वडाले शुक्रबार गाउँका बड्घर तथा महिला स्वयं सेविकाहरुसंग राखेको छलफलमा वडाध्यक्ष चिन्तामणि आचार्यले वडाका १० वटा गाउँटोलका प्रमुख सडकहरुमा बत्ती जडान गर्ने बताउनु भयो । अध्यक्ष आचार्यले विद्युत प्राधिकरणसंग वडाका विभिन्न स्थानमा बत्ती जडानका लागि कुरा भईरहेको बताउनु भयो । वडामा बत्ती जडान हुने भएपछि स्थानीय हर्षित भएका छन् ।  छलफलमा वडाका १० वटै टोलका बड्घरहरुले आ—आफ्ना वडाका समस्याहरु अध्यक्ष आचार्य सामु दर्शाएका छन् । चालु आर्थिक वर्षमा ८ नं. वडाले प्राचिनकाल देखि चलिआएको गाउँको मुखिया (बड्घर) प्रथालाई प्राथमिकतामा राख्दै मासिक १ हजार रुपैयाँ र सहायकलाई ५ सय रुपैयाँ प्रोत्सान रकम स्वरुप प्रदान गर्ने भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा अधुरा रहेका भवन निर्माणका कार्यहरु,ओस्ताजपुर देखि फत्तेपुरसम्म र बैठकपुर टोलको सडक स्तर उन्नत लगायतका कार्यहरु तुरुन्तै सुचारु गर्ने वडा अध्यक्ष आचार्यले बताउनु भयो । छलफलमा सहभागीलाई मास्क,स्यानीटाईजर र फेसशिल्ड समेत प्रदान गरिएको छ ।

राजापुरमा व्यापार संगठनको नयाँ कार्यसमिति चयन

Image
शक्ति परियार । राजापुर नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम बर्दियाको राजापुरमा सम्पन्न भएको छ। कार्यक्रममा पालिका भित्रका व्यापारीहरूले व्यवसाय प्रति आफ्ना गुनासाहरु पोखेका छन्।पछिल्लो समयमा संगठनमा क्रियाशीलता नभएको भन्दै यदुमणी गौतमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। उपाध्यक्षमा जगत राम थारु,सचिव कृपालाल थारु, कोषाध्यक्ष मैया चौधरी, सह सचिव बलवीर राना रहेका छन । त्यस्तै सदस्यहरुमा कृष्ण दत्त चौधरी,अंग्रेज चौधरी, फरहरी चौधरी,आजम हासिम,अमर चौधरी,उमित गुप्ता, छत्र प्रसाद ढुङ्गाना, ओम प्रकाश थारु लगायत रहेका छन ।नयाँ कार्य समितिले आउँदा दिनमा थप उर्जाशील कार्य गर्ने विश्वास लिइएको छ।

राजापुरका विद्यालय सञ्चालनका लागि नगरपालिकालाई ज्ञापन पत्र

Image
शक्ति परियार । राजापुर कोरोना संक्रमणका कारणले अझैं सम्म खुल्न नसकेका राजापुर क्षेत्रका विद्यालय सञ्चालनका लागि नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ ।  राजापुर क्षेत्रका संस्थागत विद्यालयको संगठनले बुधबार नगरपालिका प्रमुख शिव प्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएका हुन्। कोरोना महामारीको सुरुवात देखिनै ठप्प रहेका विद्यालयहरू अन्य पालिकाले जस्तै सञ्चालनका लागि माग गरिएको छ । ज्ञापनपत्रमा राजापुर नगरपालिका क्षेत्रमा कोरोना संक्रमण घट्दै गएकाले यथाशीघ्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने वातावरण मिलाई दिन आग्रह गरिएको छ ।

बर्दियामा जनपत्रकार संगठन नेपालको जिल्ला कार्य समिति चयन

Image
रमेश प्याकुरेल । बर्दिया ''प्रेस  तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऎक्यबद्वता, मानवाधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता'' भन्ने मुल नाराका साथ बर्दियामा जनपत्रकर संगठन नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।भेलाले रमेश प्याकुरेलको अध्यक्षतामा १ जना पछि थप्न्ने गरि १५ सदस्यीय जनपत्रकार संगठन नेपालको बर्दिया जिल्ला कार्य समिति चयन गरेको छ।  जसमा उपाध्यक्ष पिताम्वर थारु , सचिब दयाराम न्यौपाने , सहसचिव पदम बहादुर बुढा , कोषाध्यक्ष सुनिता परियार निर्वाचित हुनु भएको छ। भेलाले अन्य सदस्यहरु विजय चपाई , शक्ति परियार , अनिल शाही तनुजा थापा, गिता उपाध्याय , तुलशी थापा , लक्ष्मी सुनार , रिमु चौधरी र दिलचन्द्र चदारा लाई निर्वाचित गरेको छ।भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य हिमशिखरले सम्बोधन गर्दै सत्य कुरा बोल्दा फाँसी दिने ब्यवस्थाको अन्तेष्टी हुने पत्रकारिता चाहिएको  बताउनु भयो । उहाँले त्यसका लागि गाँस,बाँस,कपास, स्वास्थ्य, शिक्षाको निशुल्क ग्यारेन्टी गर्ने बैज्ञानिक समाजवादी व्यवस्थाले मात्र फासिवादको अन्त्य गर्ने दा...

राजापुरमा घरको छतबाट खसेर गाडी चालकको मृत्यु

Image
  शक्ति परियार । राजापुर बर्दियाको राजापुरमा घरको छ्त बाट खसेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाकेको खजुरा गाउँपालिका ३ सहारा टोलका  २२ बर्सिय कृष्ण बिक रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुर बसपार्क स्थित एक होटेलको छतबाट शनिबार राती अचानक खसेको र घटनाबारे अनुसन्धान भइरहेको निरीक्षक घिमिरेले बताउनु भयो । मृतकको लास पोस्टमाटमका लागि प्राथमिक स्वास्थ केन्द्र राजापुरमा राखिएको  ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

राजापुरको बिर्यानी सेन्टरमा प्रहरीको छापा

Image
लागु औषध सहित अन्सारी प्रहरीको नियन्त्रणमा शक्ति परियार । राजापुर बर्दियाको राजापुरमा लागु औषध सहित १ व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । लागु औषधको कारोबार गर्ने गरेको शंकाको आधारमा खान तलासी गर्दा  राजापुर स्थित बिर्यानी एण्ड कफि शपका सञ्चालक अलिम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो करिब १२ बजे ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो ।  अन्सारीको शपबाट प्रहरीले नाइट्राभेट १० ट्याबलेट ५७० , स्पासमो ट्याबलेट २६४ र अलपराजोपाम ४२० ट्याबलेट लागू औषध बिक्रि बितरण गर्ने गरेको शंकाको आधारमा अन्सारीलाई पक्राउ गरिएको हो।  त्यस्तै शपबाट १ थान भिभो मोबाइल,नगद नेपाली ३ हजार ७ सय ७० र भारतीय २ सय २० रुपैयाँ समेत बरामद गरीएको  ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ।  यस्तै गत भाद्र १० गते बेलुका करिब ६ बजे  राजापुर नगरपालिका वडा नं १ झबहीका २३ वर्षिय विवेक चौधरी  लाई १ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका थिए । चौधरी संग रहेको नगद र १२ हजार ७ सय...

बर्दियामा संगठन सुदृढ तथा विस्तार अभियान तिब्र

Image
२७ जना पुर्व जनमुक्ति सेनाहरु नेकपामा प्रवेश  रमेश प्याकुरेल । बर्दिया नेपाल कम्युनिस्ट पार्टी बर्दियाले संगठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ। अभियानका क्रममा पार्टी संगठन निर्माणसँगै पार्टी ध्रुवीकरणको लहर बढेको नेकपा बर्दियाले जनाएको छ। बर्दियाको बासँगडी नगरपालिकामा संचालित अभियान भव्य स्वागत एवं जनतामा व्यापक जनसम्बन्ध विस्तार भएको छ। अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि पुर्व जनमुक्ति सेनाका बटालियन विसी, पलाटन कमान्ड , र कम्पनी कमान्डर कम्पनी विसी लगायत २ दर्जन क्रान्तिकारी योद्वाहरुले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा वार्ताटोलि सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज दिपक चलाउने , पार्टीका जिल्ला सेक्रेटरी गणेश चौधरी, बासगँडी नगर इन्चार्ज शक्ति कमरेड , बारबर्दिया नगर इन्चार्ज लोकेश राज जोशी , बडैयाताल नगर इन्चार्ज राजेन्द्र , लगायतका नेताहरुको सहभागीता रहेको छ।   अभियानका क्रममा जनताहरुको दलाल व्यवस्थाले जनतालाई लूट मचाएको, चरम भ्रष्टाचार बढेको , नयाँ व्यवस्थाको खोजी गर्नुपर्ने, अब क...